हातले भाँचिने फलामका डण्डी बेच्दै जगदम्बा स्टिल्स



हाम्रो इकोनोमि

 

 

आफूलाई देशकै शक्तिशाली स्टिल कम्पनी भएको दाबी गर्ने जगदम्बा स्टिल्सका सामानमा खराबी भेटिएको छ काठमाडौंको बनस्थलीमा घर बनाइरहेका गोरखाका श्रीकृष्ण भट्टराई पछिल्लो समय निकै तनावमा छन्।

माघमा जग हालेर हाल ३ तलामाथि सम्म घर ठड्याइसकेका भट्टराई तब झस्किए जब घरमा प्रयोग भएका जगदम्बा स्टिलका डन्डीहरू हातले भाँचिने निस्किए।

‘घर बनाउनुअघि वरपरका सबैसँग सल्लाह लिँदा जगदम्बानै राम्रो हो भनेपछि जगदम्बा नै रोजियो’ पीडित भट्टराई भन्छन्, ‘बीचमा लकडाउन भयो म गाउँ गए, फोनको भरमा रड झारियो, आज एउटा डन्डी बङग्याउँदा भाँचिएपछि शंका उठ्यो, फेरि ट्राइ गर्दा सबैमा क्रयाक आउन थाल्यो, काठ भाँचे जस्तै भाँचिन्छ।’

सामानमा खराबी देखिएपछि डिपो सञ्चालकलाई आफूले फोन गरेको पीडित भट्टराई बताउँछन। तर, जगदम्बा स्टिल्सका प्रतिनिधिले किन भाचिँने डन्डी प्रयोग गरेर घर बनाएको त भनेर उल्टै हप्काएको उनी सुनाउँछन।

फोन गरेपछि जगदम्बाका प्रतिनिधि आएर ल्याब परीक्षणका लागि रडका केही टुक्रा मागेका थिए। सामानमा खराबी नभएको र गुणस्तरीय रहेको उनीहरूको दाबी थियो। तर, उनीहरूकै सामू आफूले हातले फलामका रड भाचेर दिएको पीडित भट्टराईले बताए।

‘इन्जिनियरहरूले ल्याब टेस्टका लागि ३ टुक्रा रड माग्नु भयो, काटेर होइन हामीले हातले भाँचेरै दियौं’, भट्टराई सुनाउँछन्, ‘त्यो सबै देखेका उनीहरु बडो कन्फिडेन्टले हाम्रो सामान मजबुत भनेर भन्छन्’।

‘डिफेक्ट’ रहेका रड बेचेर आम नेपालीलाई जगदम्बाले ठग्ने काम गरिरहेको उनको आरोप छ।

‘यो समस्या मेरो मात्र होइन्, आम नेपालीको हो। जिन्दगीभर कमाएको पैसा मानिसले एउटा घरमा खर्च गर्छ, त्यही घर सुरक्षित नभएसी उसको अवस्था के हुन्छ? भोलि गएर भत्किए, भूकम्प आउँदा ढल्यो भने, के गर्ने?’ उनी प्रश्न गर्छन।

‘पैसा तिरिसकेपछि क्वालिटीको सामान पाउनु र निर्धक्क हुनु हरेक उपभोक्ताको अधिकार हो’, उनी थप्छन्।

सामानमा देखिएको खराबीका बारे गुणस्तर तथा नापतौल विभाग र नियामक निकायमा आवश्यक कानुनी उपचार खोज्न जाने उनले बताएका छन्।

आफूले घरका लागि जगदम्बा स्टिल्सबाट १६ एमएमको २२ लाख जति मूल्य पर्ने रड किनेको उनले बताए।

निकै कमसल र कमजोर सामग्री प्रयोग गरेर जगदम्बाले रड बनाएको आफूले पहिलो पटक भेटेको उक्त घर निर्माणमा संलग्न एक कामदार बताउँछन्।

जगदम्बा कम्पनीको सामानबारे सरकारलेनै अध्ययन समिति बनाएर प्रतिवेदननै सार्वजनिक गर्नुपर्ने अर्का  कन्ट्रक्सन व्यवसायी सुझाउँछन्।

अनुगमन गर्ने निकायले आम उपभोक्ताको चासो रहेको यस बिषयतर्फ ध्यान दिन उनीहरुले आग्रह गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...