गोंगबु हत्याका आरोपितको बयान : (भिडियोसहित)



 

 

यही आइतबार बिहान टोखा नगरपालिका–१० गोंगबुमा टाउको र शरीर छुट्याइएको अवस्थामा एउटा शव फेला पर्‍यो । लगत्तै महानगरीय प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको संयुक्त टोली तालिम प्राप्त कुकुरको सहयोगमा घटनाको अनुसन्धानमा जुट्यो । शव रोल्पा स्थायी घर भएका कृष्णबहादुर बोहोराको रहेको पत्ता लाग्यो ।

घटनाको दुई दिनमा प्रहरीले हत्या आरोपमा चितवनकी कल्पना मुडभरी पौडेललाई पक्राउ गर्‍यो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार आरोपित कल्पनाले प्रहरीमा दिएको बयान अनुसार कृष्णबहादुरको हत्या उनैले गरेकी हुन् ।

कल्पानाको प्रारम्भिक बयान उदृत गर्दै ज्ञवालीले भने, ‘आठ महिनादेखि होटलमा बस्दै आएका कृष्णबहादुर र कल्पनाबीच तीन–चार वर्षअघि फेसबुकबाट चिनजान भएको थियो । यही क्रममा कृष्णबहादुरले नक्कली फेसबुक आइडी बनाएर कल्पनाको नग्न तस्वीर सार्वजनिक गरेपछि रिसको झोँकमा उनले हत्या गरेकी हुन् ।’

कल्पनाले कृष्णबहादुरले पटकपटक ‘सेक्सुअल ह्यारेसमेन्ट’ गरेकाले आवेशमा आएर हत्या गरेको प्रारम्भिक बयान प्रहरीमा दिएकी छन् । बयान अनुसार उनले शनिबार कृष्णबहदुरलाई आफ्नो कोठामा बोलाएर दहीचिउरासँगै भोड्कामा निद्रा लाग्ने नशालु पदार्थ मिसाएर खुवाइन् ।

त्यही नाशाको प्रभावले कृष्णबहादुर लट्ठ भएपछि ह्यामरले अण्डकोषमा हानेर बेहोस बनाइन् । लगत्तै सलले घाँटी कसेर हत्या गरिन् ।

 

प्रतिक्रिया दिनुहोस
जसरी भएपनि सरकार पूरा अवधि चल्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसरी भए पनि सरकारलाई पूरा अवधि चलाउने

६ जना सांसद लिएर पार्टी फुटाउँदै झलनाथ

     पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ  खनालले एकीकृत समाजवादीबाट

जसपा फुटाउन धेरै खर्च गरिएको देखियो : उपेन्द्र

    जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको बहुमत सदस्य

गैरकानूनी ढंगले रातारात पार्टी दर्ता भएको घोषणा गरियो : उपेन्द्र यादव

     जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राईले आफ्नो