गोंगबु हत्याका आरोपितको बयान : (भिडियोसहित)



हाम्रो इकोनोमि

 

 

यही आइतबार बिहान टोखा नगरपालिका–१० गोंगबुमा टाउको र शरीर छुट्याइएको अवस्थामा एउटा शव फेला पर्‍यो । लगत्तै महानगरीय प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको संयुक्त टोली तालिम प्राप्त कुकुरको सहयोगमा घटनाको अनुसन्धानमा जुट्यो । शव रोल्पा स्थायी घर भएका कृष्णबहादुर बोहोराको रहेको पत्ता लाग्यो ।

घटनाको दुई दिनमा प्रहरीले हत्या आरोपमा चितवनकी कल्पना मुडभरी पौडेललाई पक्राउ गर्‍यो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार आरोपित कल्पनाले प्रहरीमा दिएको बयान अनुसार कृष्णबहादुरको हत्या उनैले गरेकी हुन् ।

कल्पानाको प्रारम्भिक बयान उदृत गर्दै ज्ञवालीले भने, ‘आठ महिनादेखि होटलमा बस्दै आएका कृष्णबहादुर र कल्पनाबीच तीन–चार वर्षअघि फेसबुकबाट चिनजान भएको थियो । यही क्रममा कृष्णबहादुरले नक्कली फेसबुक आइडी बनाएर कल्पनाको नग्न तस्वीर सार्वजनिक गरेपछि रिसको झोँकमा उनले हत्या गरेकी हुन् ।’

कल्पनाले कृष्णबहादुरले पटकपटक ‘सेक्सुअल ह्यारेसमेन्ट’ गरेकाले आवेशमा आएर हत्या गरेको प्रारम्भिक बयान प्रहरीमा दिएकी छन् । बयान अनुसार उनले शनिबार कृष्णबहदुरलाई आफ्नो कोठामा बोलाएर दहीचिउरासँगै भोड्कामा निद्रा लाग्ने नशालु पदार्थ मिसाएर खुवाइन् ।

त्यही नाशाको प्रभावले कृष्णबहादुर लट्ठ भएपछि ह्यामरले अण्डकोषमा हानेर बेहोस बनाइन् । लगत्तै सलले घाँटी कसेर हत्या गरिन् ।

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...