वीरगञ्जकी ४५ वर्षीया महिलाको कोरोनाले मृत्यु, थप २२ जना संक्रमित



हाम्रो इकोनोमि

 

 

पर्साको वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएकी एक महिलाको कोरोना पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डाक्टर मदन उपाध्यायले बताए ।

डा.उपाध्यायका अनुसार उनी वीरगञ्ज १५ की ४५ वर्षकी महिला हुन् । श्वासप्रश्वासमा समस्या देखिएपछि यही साउन २४ गते उनलाई नारायणी कोभिड विशेष अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो ।

उनको २४ गते उपचारको क्रमम मृत्यु भएको थियो । उनको मृत्युपछि कोरोनाको रिपोर्ट पोजेटिभ आएको डा.उपाध्यायले बताए ।

‘२४ गते नारायणी अस्थायी कोभिड अस्पतालमा इमर्जेन्सीमा भर्ना हुनुभयो २५ गते विहान मृत्यु भएको थियो,’ डा.उपाध्यायले भने, ‘उहाँको आज कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आयो ।’

डा.उपाध्यायका अनुसार ती महिलामा उच्च रक्तचाप र थाइराइडको समस्या समेत रहेको थियो । नारायणी अस्पतालको प्रयोगशालामा ती मृतक महिलासहित थप २२ जनामा कोरोना पुष्टि भएको डा.उपाध्यायले बताए ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...