वीरगञ्जकी ४५ वर्षीया महिलाको कोरोनाले मृत्यु, थप २२ जना संक्रमित



हाम्रो इकोनोमि

 

 

पर्साको वीरगञ्जमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएकी एक महिलाको कोरोना पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डाक्टर मदन उपाध्यायले बताए ।

डा.उपाध्यायका अनुसार उनी वीरगञ्ज १५ की ४५ वर्षकी महिला हुन् । श्वासप्रश्वासमा समस्या देखिएपछि यही साउन २४ गते उनलाई नारायणी कोभिड विशेष अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो ।

उनको २४ गते उपचारको क्रमम मृत्यु भएको थियो । उनको मृत्युपछि कोरोनाको रिपोर्ट पोजेटिभ आएको डा.उपाध्यायले बताए ।

‘२४ गते नारायणी अस्थायी कोभिड अस्पतालमा इमर्जेन्सीमा भर्ना हुनुभयो २५ गते विहान मृत्यु भएको थियो,’ डा.उपाध्यायले भने, ‘उहाँको आज कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आयो ।’

डा.उपाध्यायका अनुसार ती महिलामा उच्च रक्तचाप र थाइराइडको समस्या समेत रहेको थियो । नारायणी अस्पतालको प्रयोगशालामा ती मृतक महिलासहित थप २२ जनामा कोरोना पुष्टि भएको डा.उपाध्यायले बताए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...