देउवाले मध्यराती दस विभागमा एकलौटी मनोनयन गरे



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विवादका बीच पार्टीका केन्द्रीय विभागका उपप्रमुख, सचिव र सदस्यहरु मनोनयन गर्नुभएको छ । आइतबार राति ११ बजे देउवाले १० वटा विभागमा ३ सय ९४ जना सदस्यहरु मनोनयन गर्नुभएको हो ।

सभापति देउवाले यसअघि गठन भइसकेको तरुण र खेलकुद विभागमा समेत केही सदस्यहरु थप गर्नुभएको छ । महाधिवेशनको मिति घोषणा भइसकेको अवस्थामा विभाग गठनको औचित्व नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले गठनको विरोध गरिरहेका बेला देउवाले एकलौटी रुपमा मध्यराती विभाग गठन र सदस्यहरु मनोनयनको क्रम अघि बढाउनु भएको हो । सभापति देउवाले गरेको विभाग गठन विधानको समेत विरुद्धमा रहेको छ । पार्टीको विधानमा केन्द्रीय विभागको गठन महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नु पर्ने व्यवस्था छ ।

सभापति देउवाले चार वर्षको कार्यकालमा गठन नगरेको विभागलाई महाधिवेशनको कार्यतालिका घोषणा भएपछि गठन गर्न थाल्नुभएको हो । देउवाले एकलौटी रुपमा २० वटा विभाग गठन गरेकोमा अहिलेसम्म १३ वटा विभागमा सदस्यहरु मनोनयनसमेत गरिसक्नुभएको छ । एउटा विभागमा ५० जनासम्म सदस्य राख्न सकिने व्यवस्था विधानमा छ । देउवाले एक विभागमा बढीमा ४१ सदस्य मनोनयन गर्नुभएको छ । संस्थापन इतरपक्षका लागि भन्दै अरु सदस्यहरु खाली राखिएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयको तथ्यांकअनुसार अहिलेसम्म विभाग प्रमुखबाहेक ५ सय १ जना सदस्यहरु सभापति देउवाले मनोनयन गरिसक्नुभएको छ । सभापति देउवा अव ७ वटा विभागलाई पूर्णता दिने तयारीमा जुटनुभएको छ । यता देयवाको कदमको संस्थापन इतरपक्ष कडा विरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...