पर्सामा थप ७५ जनामा कोरोना संक्रमण



हाम्रो इकोनोमि

 

पछिल्लो २४ घण्टामा पर्सामा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये १५ जना महिला छन् । वीरगञ्ज–२ छपकैयाकी २० वर्षीया मृतक महिला पनि संक्रमितको सूचीमा छिन् ।

कन्ट्याक्ट ट्रेसिङमा परेका ३१ जना, आफैं कोरोना जाँच गराएका १२ जना, वीरगञ्ज महानगरपालिकाका दमकलका कर्मचारी दुई, क्वारेन्टिनमा बस्दै आएका चार जना, जिल्ला प्रहरी कार्यालयका नौं जनामा कोरोना संक्रमण देखिएको छ ।

यसैगरी ज्वरो, रुघा, खोकीको लक्षण देखिएका नौं जना, पर्सागढी नगरपालिकाका तीन जना, नारायणी अस्पतालका कर्मचारी तीन जना र सर्लाहीका एक जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको प्रयोगशाला स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...