प्रधानमन्त्री ओलीको कोरोना परीक्षण गर्न स्वाब संकलन



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरस संक्रमण परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

शुक्रबार प्रधानमन्त्री ओलीसहित उनका सल्लाहकारहरूको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

‘प्रधानमन्त्रीको क्लोज कन्ट्रयाकमा रहेका सबैको स्वाब परीक्षण गरिएको छ,’ थापाले भने । उनका अनुसार प्रधानमन्त्री ओलीको कोरोना परीक्षण यसअघि पनि गरिएको थियो । त्यसको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उनको परिवारका सदस्यहरूको पनि कोरोना परीक्षण गरिएको थियो । उनी र उनका परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको थियो । उनको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...