प्रधानमन्त्री ओलीको कोरोना परीक्षण गर्न स्वाब संकलन



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना भाइरस संक्रमण परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

शुक्रबार प्रधानमन्त्री ओलीसहित उनका सल्लाहकारहरूको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

‘प्रधानमन्त्रीको क्लोज कन्ट्रयाकमा रहेका सबैको स्वाब परीक्षण गरिएको छ,’ थापाले भने । उनका अनुसार प्रधानमन्त्री ओलीको कोरोना परीक्षण यसअघि पनि गरिएको थियो । त्यसको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित उनको परिवारका सदस्यहरूको पनि कोरोना परीक्षण गरिएको थियो । उनी र उनका परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको थियो । उनको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...