राखेप उपाध्यक्षमा शिव कोइराला “ज्वाला”



हाम्रो इकोनोमि

 

मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा शिव कोइराला ज्वालालाई नियुक्त गरेको छ । २०५४ सालमा पुर्णकालिन छापामार माओवादी भएका शिव कोइराला ज्वाला स्याडजाको भिरकोटमा जन्मेका हुन । पूर्वमाओवादी केन्द्रसम्बद्ध खेलकुद महासंघका अध्यक्ष शिव कोइराला ‘ज्वाला’ खेलकुद पृष्टभूमिकै हुँन । कोइराला यसपटक राखेपको उपाध्यक्षमा नियुक्त भएका छन् ।

कोइराला तत्कालिन वाइसियल काठमाण्डौका अध्यक्ष पनि हुन । उनी पार्टी अध्यक्ष प्रचण्डको हार्डकोर टिमभित्रका मानिन्छन् । सैन्य पृष्ठभूमि हुँदै शान्ति प्रक्रियालगत्तै काठमाडौंको वाइसिएल नेतृत्व गरेका उनी पहिल्यैदेखि खेलाडी तेक्वान्दोका ५ डन पनि हुन । अहिले पनि राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल तेक्वान्दो संघमा अध्यक्ष छन् ।

कोइरालाले १३ औं दक्षिण एसियाली खेलकुद सागमा प्रचार प्रसार विभागको संयोजकका रुपमा भूमिका निर्वाह गरेका थिए । पश्चिमका बिभिन्न लडाईहरुमा कमाण्डर भएर भुमिका र्निवाह गरीसकेका तत्कालीन भ्याली एस.टि.एफको भुमिका पनि निभाएका थिए । हाल उनि नेकपा पार्टी प्रदेश कमिटी सदस्य पनि छन । हाल उनि नेकपा खेलकुद महाँसघको सह सयोजक पनि हुन । कोईरालालाई शालिन सोच भएका युवा नेताको रुपमा पनि चिनिन्छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

    निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको...