राखेप उपाध्यक्षमा शिव कोइराला “ज्वाला”



 

मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्षमा शिव कोइराला ज्वालालाई नियुक्त गरेको छ । २०५४ सालमा पुर्णकालिन छापामार माओवादी भएका शिव कोइराला ज्वाला स्याडजाको भिरकोटमा जन्मेका हुन । पूर्वमाओवादी केन्द्रसम्बद्ध खेलकुद महासंघका अध्यक्ष शिव कोइराला ‘ज्वाला’ खेलकुद पृष्टभूमिकै हुँन । कोइराला यसपटक राखेपको उपाध्यक्षमा नियुक्त भएका छन् ।

कोइराला तत्कालिन वाइसियल काठमाण्डौका अध्यक्ष पनि हुन । उनी पार्टी अध्यक्ष प्रचण्डको हार्डकोर टिमभित्रका मानिन्छन् । सैन्य पृष्ठभूमि हुँदै शान्ति प्रक्रियालगत्तै काठमाडौंको वाइसिएल नेतृत्व गरेका उनी पहिल्यैदेखि खेलाडी तेक्वान्दोका ५ डन पनि हुन । अहिले पनि राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल तेक्वान्दो संघमा अध्यक्ष छन् ।

कोइरालाले १३ औं दक्षिण एसियाली खेलकुद सागमा प्रचार प्रसार विभागको संयोजकका रुपमा भूमिका निर्वाह गरेका थिए । पश्चिमका बिभिन्न लडाईहरुमा कमाण्डर भएर भुमिका र्निवाह गरीसकेका तत्कालीन भ्याली एस.टि.एफको भुमिका पनि निभाएका थिए । हाल उनि नेकपा पार्टी प्रदेश कमिटी सदस्य पनि छन । हाल उनि नेकपा खेलकुद महाँसघको सह सयोजक पनि हुन । कोईरालालाई शालिन सोच भएका युवा नेताको रुपमा पनि चिनिन्छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ११ : २१  बजे

प्रतिक्रिया दिनुहोस
नबिल बैंक ४२औँ वर्षमा प्रवेश

     नेपालको अग्रणी नबिल बैंकले स्थापनाको ४१औँ वर्ष पूरा गरी ४२ औँ

३३ अंकले घट्यो नेप्से, ८ अर्बको कारोबार

    मौद्रिक नीति सेयर बजारअनुकूल आएपछि आइतबार बजारमा उत्साह देखियो । सो

एमाले कै सांसदले मागे मन्त्री गुप्ताको बर्खास्ती

    नेकपा एमाले सांसद किरणकुमार साहले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार

गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या

    सुनसरीको हरिनगर गाउँपालिका- ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या