प्रचण्डलाई भीम रावलको प्रश्न : तपाईंहरू पदको लागि झगडा गर्ने अनि हाम्रा टाउका गन्ने ?



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टीको विवादका कारण पछिल्लो समय शिर्ष नेतानै दवाव थेग्न नसक्ने अवस्थामा पुगेका छन् । विधि र विधानसम्वत रुपमा अगाडी बढ्नुपर्छ भन्ने मागलाई गुटले राजिनामासम्म लगेपछि नेताहरु चिढिन थालेका छन् ।

विगतमा बहुमत सदस्य आफ्नो पक्षमा रहेको दावी गर्दै आएका पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समुहमै रहेका भनिएका नेताहरु पनि आफ्नै गुटसँग आक्रोशित हुन थाल्नु भएको छ । मंगलबार बालुवाटारमा भएको गुटको अनौपचारिक छलफलमा स्थायी कमिटी सदस्य भिम रावलले प्रचण्डलाई कडा प्रश्न राख्नु भएको छ ।

उहाले शिर्ष नेताहरु पदको लडाई गर्ने आफुहरुको टाउको गन्ने काम भएको भन्दै आक्रोश पोख्नु भयो । अनौपचारिक बैठकमा उहाले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीसँग तपाईंहरुको हुने पदको झगडामा म सामेल छैन र हुनेपनि छैन, तपाईंहरू पदको झगडा गर्ने अनि हाम्रा टाउका गन्ने काम हुनु भएन ।’

नेता रावलले पार्टीलाई एकतावद्ध राख्न वामदेव गौतमले ल्याएको प्रस्ताव राम्रो रहेको भन्दै समर्थन समेत जनाउनु भयो । गौतमले पाँच वर्ष ओलीलाई प्रधानमन्त्री र एकता महाधिवेशनसम्म प्रचण्डलाई कार्यकारी अध्यक्ष दिने प्रस्ताव ल्याउनु भएको छ । नेता रावलले पदका लागि यो (नेकपाभित्रको) झगडाले मुख देखाउन लायक नभएको भन्दै नेताहरुले ओलीसँग पदको विभाजन गर्ने मात्रै सोचेकोमा आक्रोश पोख्नुभयो ।

छलफल चलिरहेपनि बामदेव गौतम, घनश्याम भुषाल र भीम रावल आफ्नो भनाई राखेर बाहिरिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...