माधव नेपाल भने अबको बैठकबाट ओलीलाई प्रधानमन्त्रीबाट हटाउन निर्णय गछौँ



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आएको समुहभित्र नै सरकारबाट फिर्ता गर्ने पार्टीगत निर्णय गर्ने नगर्नेबारे विवाद भएको छ । एउटा पक्षले ओलीलाई सरकारबाट फिर्ता बोलाउन स्थायी कमिटीबाट निर्णय गरेर जाने मत राखेको छ भने अर्को पक्षले अर्ली महाधिवेशनमा जाने गरी सहमति निकाल्नुपर्नेमा जोड दिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल ओलीलाई सरकारबाट फिर्ता बोलाउन अब बस्ने स्थायी कमिटी बैठकबाट निर्णय गरेर जानुपर्ने पक्षमा उभिएका छन् । १३ साउनमा बस्ने स्थायी कमिटि बैठकबाट नै निर्णय गरेर जानुपर्ने पक्षमा माधव नेपाल भएको बुझिएको छ । नेपालकै दबाबमा प्रचण्ड पनि राजीनामाको पक्षमा अगाडि बढेको चर्चा नेकपाभित्र छ ।

सरकारबाट फिर्ता बोलाउने गरी निर्णय गरेर जानेबारे ओलीइतरको समुहबीच छलफल समेत चलेको बुझिएको छ । तर, उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा बादल राजीनामाको निर्णय पार्टीबाट गराएर जान ठिक नहुने पक्षमा उभिएका छन् । गौतमले आफू कसैको पक्षमा नभएको र पार्टी एकताको पक्षमा भएको जवाफ दिएर अर्ली महाधिवेशनमा जान आग्रह गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ । बादल पनि त्यही लाइनमा उभिएका छन् ।

सचिवालयमा ओलीको पक्षमा उनीसहित ईश्वर पोखरेल र विष्णु पौडेल देखिएका छन् । ओलीइतरको पक्षमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ देखिएका छन् । तर, पछिल्लो समय बामदेव र बादल तटस्थ देखिएका छन् ।

टकरावमा भन्दा सहमतिमा जाने गरी अर्ली महाधिवेशनबाट कुरा मिलान दुवै पक्षका केही नेताहरु सक्रिय भएका थिए । जसमध्ये जर्नादन शर्मा, शंकर पोखरेल, योगेश भट्टराई, घनश्याम भुषाल लगायत दोस्रो पुस्ताका नेताहरु थिए । उनीहरुको पहलमा सहमतिको बिन्दु अर्ली महाधिवेशन हुनसक्ने गरी अवस्था सृजना गरेपनि फेरि कुरा बिग्रिएको छ । माधव नेपाल ओलीविरुद्ध प्रचण्डभन्दा पनि कडा रुपमा प्रस्तुत हुँदै गएका छन् । यसले नेकपाभित्र अब ओली र नेपालबीच झन् टकराव पेचिलो हुने देखिएको छ

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...