अखाद्य चिनी भित्र्याउने भन्सार डिजी दाहाललाई चोख्याउने खेल



हाम्रो इकोनोमि

 

गुणस्तरहीन चिनीलाई भन्सारबाट छिराईएपनि भन्सार विभागका महानिर्देशक सुमन दाहाललाई भने छानवीनको घेराबाट रहस्यमय ढंगले बाहिर राखिएको छ ।

राजस्व अनुसन्धान विभागको पथलैया टोलीले नियन्त्रणमा लिई ७२ टन चिनी परीक्षणका लागि  खाद्य विभागमा पठाएको थियो ।

कृषि मन्त्रालयले सहसचिवको नेतृत्वमा छानवीन समिति गठन गरेर मन्त्रालय मातहत पर्ने निकायका कर्मचारीलाई दोषी करार गरेपनि उक्त समितिले फरक मन्त्रालयको महानिर्देशक दाहालका विषयमा भने क्षेत्राधिकारका कारण कारवाहीबारे केही उल्लेख नगरेको स्रोतले खुलानेपाललाई जानकारी दियो ।

४ महिना अघि भारतको लखनउबाट ७२ टन चिनी धनुषाको जलेश्वर नाका हुँदै आयात गरिएको थियो । काठमाडौंको कागेश्वरी–मनोहरा नगरपालिकास्थित अनुष्का मल्टिप्रपोज प्रालिले आयात गरेको चिनीलाई पथलैयाबाट नियन्त्रणमा लिइएको थियो ।

गुणस्तरहीन चिनीलाई विभागले गुणस्तरीयताको प्रमाणपत्र दिएको समाचार सार्वजनिक भएपछि कृषि मन्त्रालयले सहसचिव नारायण रेग्मीको संयोजकत्वमा छानवीन गरी मातहत पर्ने खाद्यान्न विभागकी महानिर्देशक मतिना जोशी वैद्यसहित संलग्न कर्मचारीमाथि कारबाहीको सिफारिस गरेको थियो । समितिको सिफारिसका अधारमा कारबाही प्रक्रिया अघि बढाइएको मन्त्रालय स्रोतले जनाएको छ ।

तर, उक्त मात्रामा अखाद्य चिनीलाई भन्सारबाट छिराउन दवाव दिने भन्सारका महानिर्देशक दाहाल र अन्य अधिकारीका विषयमा भने कुनै छानवीन भएको छैन । एकै अभियोगमा कृषि मातहत विभागमा छानवीन र कारवाही हुने, भन्सारमा नभएको भन्दै कर्मचारीमा गुनासो छाएको छ ।

जलेश्वर नाकामा रहेको खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयले सामान्य परीक्षण गरी चिनी खान योग्य नभएको प्रतिवेदन भन्सार कार्यालयलाई दिएको थियो । त्यसपछि ३ ट्रक चिनी राजस्व अनुसन्धान कार्यालय, पथलैयाको नियन्त्रणमा राखिएको थियो । त्यही चिनीलाई खाद्य विभागले १४ जेठमा ‘खान योग्य’ भएको प्रतिवेदन बुझाएको थियो ।

रेग्मी नेतृत्वको समितिले मिति सकिएको, लेबलमा प्रस्ट कुरा उल्लेख नभएको बोराबाट गैरकानुनी रूपले नमुना परीक्षण गरेको ठहर्दै विभागको नेतृत्व र संलग्न कर्मचारीमाथि कारबाहीको सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा विभागकी महानिर्देशक वैद्य, प्रयोगशाला प्रमुख राकेशकुमार त्रिपाठी, खाद्य दाना स्वच्छता एवं गुणस्तर नियमन महाशाखामा कार्यरत वरिष्ठ खाद्य अनुसन्धान अधिकृत किशोर केसी, गुणस्तरहीन चिनी आयातका लागि अनुमति प्रदान गर्ने निरीक्षण अधिकृत भीम पुलामीलगायतलाई कारबाही गर्न सिफारिस गरेको छ ।

छानबिन समितिले चिनी आयातका लागि अनुमतिपत्र दिँदा नै लापरबाही भएको र भन्सार बिन्दुमा आएपछि प्रक्रिया पूरा नगरी परीक्षण गरेको पनि उल्लेख गरेको छ ।

यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बेखबर बनेकोमा प्रश्न समेत उठेको छ । भन्सारका महानिर्देशक दाहालले अख्तियारमा आफू निकटसँग भेटघाट तीव्र पारेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...