मैले दीपाश्रीलाई माफी दिएँ, तपाईहरुले पनि माफ दिनुहोला- राजेश हमाल



 

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले राजेश हमालको ‘महानायक’ पदमा प्रश्न उठाएपछि फिल्म क्षेत्र र फ्यानहरुबीच आरोप र प्रत्यारोप चलिरहेको छ । दीपाश्री निरौलालाई राजेश हमालका समर्थकहरुले अश्लिल गाली समेत गरेका छन् । अश्लिल गाली र सामाजिक सञ्जालमा दूब्र्यबहार हुन थालेपछि दीपाश्री डिप्रेशनमा पुगेको हल्ला पनि चलेको छ ।

दीपाश्रीले महानायक भएपछि फिल्म क्षेत्रमा देखिएका समस्यामा पनि जिम्मेवार हुनुपर्ने अभिब्यक्ति दिएकि थिइन । उनको अभिब्यक्ति बास्तविकरुपमा सहि थियो । तर राजेश हमालका फ्यानहरुले दीपाको भनाई पचाउन सकेनन् । तल्लोस्तरमा गालीगलोज गर्न थालेका थिए । दीपाले बारम्वार माफी माग्दापनि उनीबिरुद्धको आक्रमण रोकिएको थिएन ।

मंगलवार राति हमाल आफैले एक भिडियो सन्देश जारी गरी आफुले दीपाश्रीलाई माफी दिएको र समर्थकलाई पनि माफी दिन आग्रह गरेका छन् । मैले सम्बन्धीत ब्यक्तिलाई माफ गरिसकेको छु, तपाईहरुले पनि माफ गरिदिनुहोला, भिडियोमा हमालले भनेका छन् । भिडियो सन्देशमा उनले ब्यक्तिगत स्तरमा उत्रेर कुनेपनि गाली र दुब्र्यबहार नगर्न आग्रह गरेका छन् ।

व्यक्तिगत स्तरमा निम्न तहको गाली हुन थालेपछि दीपाश्रीले आफू अति तनावको अवस्थामा पुगेको र मनोसामाजिक समस्या नै देखिने हो कि भन्ने चिन्तामा रहेको बताएकी थिइन् । विवाद बढ्न थालेपछि हमालले साम्य पार्न भिडियो संन्देश जारी गरेका छन् । ‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफी दिनुहोला । दर्शकले कलाकारलाई उसको क्षमता प्रस्तुत गर्नका लागि जहिले पनि प्रेरित गर्नु पर्दछ ।’

प्रतिक्रिया दिनुहोस
राजस्वले साधारण खर्च धान्नसमेत धौधौ परिरहेको छ : अर्थमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको राजस्व संकलनले साधारण खर्चसमेत धान्न

विकासको लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक व्यवस्थाबाट मुलुक पछि फर्कन नसक्ने प्रष्ट्याएका

नारी दिवसको अवसरमा नबिल बैंकको वाकाथन

    नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा वाकाथन आयोजना गरेको छ

४१ देशका नागरिकलाई अमेरिकाले भिसा नदिने

    एकपछि अर्को आक्रामक निर्णय गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले