मैले दीपाश्रीलाई माफी दिएँ, तपाईहरुले पनि माफ दिनुहोला- राजेश हमाल



हाम्रो इकोनोमि

 

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले राजेश हमालको ‘महानायक’ पदमा प्रश्न उठाएपछि फिल्म क्षेत्र र फ्यानहरुबीच आरोप र प्रत्यारोप चलिरहेको छ । दीपाश्री निरौलालाई राजेश हमालका समर्थकहरुले अश्लिल गाली समेत गरेका छन् । अश्लिल गाली र सामाजिक सञ्जालमा दूब्र्यबहार हुन थालेपछि दीपाश्री डिप्रेशनमा पुगेको हल्ला पनि चलेको छ ।

दीपाश्रीले महानायक भएपछि फिल्म क्षेत्रमा देखिएका समस्यामा पनि जिम्मेवार हुनुपर्ने अभिब्यक्ति दिएकि थिइन । उनको अभिब्यक्ति बास्तविकरुपमा सहि थियो । तर राजेश हमालका फ्यानहरुले दीपाको भनाई पचाउन सकेनन् । तल्लोस्तरमा गालीगलोज गर्न थालेका थिए । दीपाले बारम्वार माफी माग्दापनि उनीबिरुद्धको आक्रमण रोकिएको थिएन ।

मंगलवार राति हमाल आफैले एक भिडियो सन्देश जारी गरी आफुले दीपाश्रीलाई माफी दिएको र समर्थकलाई पनि माफी दिन आग्रह गरेका छन् । मैले सम्बन्धीत ब्यक्तिलाई माफ गरिसकेको छु, तपाईहरुले पनि माफ गरिदिनुहोला, भिडियोमा हमालले भनेका छन् । भिडियो सन्देशमा उनले ब्यक्तिगत स्तरमा उत्रेर कुनेपनि गाली र दुब्र्यबहार नगर्न आग्रह गरेका छन् ।

व्यक्तिगत स्तरमा निम्न तहको गाली हुन थालेपछि दीपाश्रीले आफू अति तनावको अवस्थामा पुगेको र मनोसामाजिक समस्या नै देखिने हो कि भन्ने चिन्तामा रहेको बताएकी थिइन् । विवाद बढ्न थालेपछि हमालले साम्य पार्न भिडियो संन्देश जारी गरेका छन् । ‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफी दिनुहोला । दर्शकले कलाकारलाई उसको क्षमता प्रस्तुत गर्नका लागि जहिले पनि प्रेरित गर्नु पर्दछ ।’

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...