स्वचालित प्रणाली कुल्चेर तेलको मूल्य बढाएका छैनौं : कार्यकारी निर्देशक पौडेल



हाम्रो इकोनोमि

 

नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली कुल्चिएर उपभोक्तालाई अतिरिक्त भार नथपेको दावी गरेको छ । आइतबार पत्रकार सम्मेलन गरेर निगमले उपभोक्ताको हितका लागि कार्यविधि मिचेरै भए पनि पेट्रोलियमको भाउ कमै राख्ने निर्णय गरिएको जनाएको छ ।

चालु आर्थिक वर्षमा १० पटक मूल्य समायोजन गरिएकामा पाँच पटक मूल्य बढाइएको तथा पाँच पटक मूल्य घटाइएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए ।

‘उपभोक्तामूखी भएर निगमले निर्णय नगरेको भए अहिले ग्यासको मूल्य प्रतिसिलिण्डर १४ सय ५ रुपैयाँ, पेट्रोलको मूल्य प्रतिलिटिर १०५ रुपैयाँ ५० पैसा तथा डिजेल र मटीतेलको मूल्य प्रतिलिटर ९१ रुपैयाँ ५० पैसा पुग्ने थियो,’ कार्यकारी निर्देशक पौडेलले थपे, ‘सरकारको निर्णयले बढाइएको पुर्वाधार विकास कर र सडक मर्मत सम्भार दस्तुरसमेत जोडेर निगमले स्वचालित मूल्य प्रणालीबाट मात्रै मूल्य निर्धारण गरेको भए भाउ अझै उकालो लाग्थ्यो ।’

गत शुक्रबार गरिएको इन्धनको मूल्यवृद्धिपछि बजारमा पेट्रोल १०२, डिजेल तथा मटितेल ८८ प्रतिलिटर र खाना पकाउने ग्यास १३ सय ७५ रुपैयाँ प्रतिसिलिण्डरमा बिक्री भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...