शिवको परियारको ‘अतालिन्छ यो मन’ सार्वजनिक



 

 

चर्चित गायक शिव परियारको नयाँ म्युजिक भिडियो ‘अतालिन्छ यो मन’ सार्वजनिक भएको छ ।
रोमाण्टिक भर्सनको यस गीतमा शब्द कवि तथा गीतकार बिक्रम साम्पाङको रहेको छ । गीतमा संगीत शंकर थापा “स्माइल” को रहेको छ भने संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् ।
म्युजिक भिडियोमा रविन बिष्ट र अश्मी श्रेष्ठको रोमान्स देख्न सकिन्छ । प्रदिप बस्नेतले सम्पादन गरेको भिडियोलाई देव जंग थापाको निर्देशनमा तयार पारिएको हो । सुबाथ लिम्बुको सहयोगमा निर्माणमा भएको भिडियोलाई डश म्युजिक नेपालको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।
नेपाली भाषी भुटानी गीतकार साम्पाङले १५ वर्षको उमेर देखि संगीत र साहित्यमा रुचि राख्न थालेका हुन् । यसअघि उनका “गर्व लाग्छ” , र “महसुस” बोलको गीतहरु सार्वजनिक भैसकेका छन् । गायक शिव परियारको ठुलो प्रसंशक रहेका साम्पाङले शिव परियार संग काम गर्न पाउदा आफ्नो ठुलो सपना पुरा भएको बताएका छन् ।
अमेरिकामा फिल्म र्निर्माण अध्ययन गरिरहेका साम्पाङले न्यु क्रियशन प्रोडक्शन नामक च्यानल समेत चलाइरहेका छन्। आगामी दिनहरुमा अझ स्तरिय गीत संगीत प्रस्तुत गर्दै जाने उनले बताएका छन् । यस म्युजिक भिडियो मार्फत दर्शक, स्रोता र मिडिया हाउस बाट सकारात्मक प्रतिक्रियाको अपेक्षा साम्पाङले गरेका छ
https://www.youtube.com/watch?v=KEt5bPY73wg

प्रतिक्रिया दिनुहोस
अध्यादेशको विपक्षमा मतदान गर्छौँ : नेकपा एस

    नेकपा एकीकृत समावजवादीले सरकारले ल्याएको अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरेको

नेकपा एसको अनेरास्ववियू फुट्यो, समानान्तर कमिटी घोषणा

    नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन (अनेरास्ववियू) को असन्तुष्ट पक्षले यही

सुर्य रेमिट १६ औँ बर्षमा प्रवेश

  सुर्य रेमिटले १५औँ बार्षिक उत्सव मनाएको छ । रेमिटले बिभिन्न आरोह अबरोह

प्रकृति लम्सालको न्यायका लागि नेविसंघको प्रदर्शन

    भारतको उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी