शिवको परियारको ‘अतालिन्छ यो मन’ सार्वजनिक



हाम्रो इकोनोमि

 

 

चर्चित गायक शिव परियारको नयाँ म्युजिक भिडियो ‘अतालिन्छ यो मन’ सार्वजनिक भएको छ ।
रोमाण्टिक भर्सनको यस गीतमा शब्द कवि तथा गीतकार बिक्रम साम्पाङको रहेको छ । गीतमा संगीत शंकर थापा “स्माइल” को रहेको छ भने संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् ।
म्युजिक भिडियोमा रविन बिष्ट र अश्मी श्रेष्ठको रोमान्स देख्न सकिन्छ । प्रदिप बस्नेतले सम्पादन गरेको भिडियोलाई देव जंग थापाको निर्देशनमा तयार पारिएको हो । सुबाथ लिम्बुको सहयोगमा निर्माणमा भएको भिडियोलाई डश म्युजिक नेपालको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।
नेपाली भाषी भुटानी गीतकार साम्पाङले १५ वर्षको उमेर देखि संगीत र साहित्यमा रुचि राख्न थालेका हुन् । यसअघि उनका “गर्व लाग्छ” , र “महसुस” बोलको गीतहरु सार्वजनिक भैसकेका छन् । गायक शिव परियारको ठुलो प्रसंशक रहेका साम्पाङले शिव परियार संग काम गर्न पाउदा आफ्नो ठुलो सपना पुरा भएको बताएका छन् ।
अमेरिकामा फिल्म र्निर्माण अध्ययन गरिरहेका साम्पाङले न्यु क्रियशन प्रोडक्शन नामक च्यानल समेत चलाइरहेका छन्। आगामी दिनहरुमा अझ स्तरिय गीत संगीत प्रस्तुत गर्दै जाने उनले बताएका छन् । यस म्युजिक भिडियो मार्फत दर्शक, स्रोता र मिडिया हाउस बाट सकारात्मक प्रतिक्रियाको अपेक्षा साम्पाङले गरेका छ
https://www.youtube.com/watch?v=KEt5bPY73wg

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...