काठमाडौंमा घर खाली हुन थाले, कोठाभाडा पनि सस्तो हुँदै



 

कोरोना संक्रमण सुरू हुनुअघि काठमाडौं उपत्यकामा कोठा पाउँन साह्रै कठिन थियो । तर लकडाउन भएको १ सयभन्दा धेरै दिन भएपछि काठमाडौं उपत्यकामा पसल र कोठाहरु खाली हुन थालेका छन् ।

कोरोनाको कारणले व्यापार नभएको र भाडामा बस्नेहरुको पनि काम नभएको कारणले कोठा र सटर छाड्न थालेका छन् । लडाउनको कारणले काठमाडौंमा भोकै परिएला कि भनेर गाउँ फर्कनेकाे संख्या बढेकाे छ ।

लकडाउन अघिसम्म काठमाडौं उपत्यकामा कोठा मुस्किल हुन्थ्याे। तर लकडाउनले गर्दा सबै आर्थिक क्रियाकलाप बन्द जस्तै रहेको कारणले कोठा र सटरहरु खाली हुन थालेका छन् ।

काठमाडौंका कोठाहरु खाली हुनथाले पछि घरधनीले सस्तोमा नै कोठा भाडामा दिन थालेका छन् । कलंकीको मैत्रीनगर बस्ने राजु बलामीले ३ वटा कोठा २० हजारमा लिएका थिए । तर, लकडाउनको कारणले उनले आफु बस्ने नजिकै ३ वटा कोठा १२ हजारमा पाए ।

‘लकडाउनले गर्दा पहिले बसेको भन्दा ठूलो कोठा सस्तोमा पाए, अहिले धेरैतिर कोठा खाली भैरहेका छन्, पहिले घरधनीले भनेको जति भाडा तिर्दा पनि राम्रो कोठा पाउन सकिदैन थियो तर अहिले रोजेर कोठा छान्न पाइएको छ,’ बलामीले भने ।

काठमाडौंमा कोठा मात्रै हाेइन, सटरहरु पनि खाली हुन थालेका छन् । व्यापार गर्ने व्यापारीहरुले व्यापार नभएपछि सटर छाड्न थालेका हुन् ।

उपत्यकाभरि नै कोठा खाली हुन क्रम सुरु भएको छ । काठमाडौंको कलंकी, कालिमाटी, बल्खु, टेकु, थापाथली, सतुंगल, नयाँबजार, कीर्तिपुर, धोबिघाट, तिनकुने, जडिबुटी, बलाजु र थानकोट लगायतका स्थानमा कोठा खाली हुन थालेका छन् ।

व्यापारिक क्षेत्र दबारमार्ग, न्यूरोड र असन लगायतका ठाउमा पनि सटर खाली हुन थालेका छन् । व्यापारीहरुले व्यापार नभएको कारणले घरधनीलाई भाडा दिन नसकिने अवस्था आएको भन्दै सटरहरु खाली गर्न थालेका छन् ।

घरभाडा छुट नदिजे घरधनीहरुको घर खाली हुन थालेका छ । कारोनाको कारणले आर्थिक क्रियाकलाप बन्द जस्तै रहेको अवस्थामा पनि भाडा छुट नदिएपछि सस्तो कोठा खोजेर भाडामा बस्नेहरु कोठा सर्न थालेका छन् ।

कालिमाटी बस्ने मकवानपुरका अमिर लामाले आफ्नो कोठाको सामान बाेकेर घर फर्केका छन् । अब उनी काठमाडाैं फर्कने नफर्कने निर्णय गर्न सक्ने अवस्थामा पनि छैनन् ।

देशका सहरी क्षेत्रमा मानिसको बसोबासको चाप बढ्दै गएको थियो । तर कोरोनाले सहरी क्षेत्रको चाप घट्दै गएको छ । कतिले कामको कारण, अध्ययन वा उपचार जस्ता विविध कारणले सहरी क्षेत्रलाई बसोबासको मुख्य केन्द्र बनाउनेको गरेका थिए । तर कोरोनाको कारणले गाउँमा नै बस्न थालेका हुन ।

मानिसहरुले सहरी क्षेत्रमा कमाएर, पैतृक सम्पत्ति बेचेर वा ऋण काढेर बस्न र घर बनाउन सहरी क्षेत्र रोजने गरेका थिए । तर कोरोनाको कारणले काठमाडौंका आकर्षण घट्दै गएको छ ।

उपत्यकामा विद्यालय, कलेज पढ्ने र संघसंस्थाका काम गरेर बसोबास गर्नेहरु गाउँमा गएका कारणले पनि काठमाडौंमा कोठा खाली हुन थालेका हुन । घर बहालबाट प्राप्त हुने रकमले आफ्नो घरव्यवहार चलाउँदै आएका घरधनीहरु कोठा खाली हुनथाले पछि सस्तोमा नै कोठा दिन थालेका छन् ।

बहालमा बस्ने धेरै मानिसहरु छोटो-छोटो समयमै भाडा दर बढ्ने कारणले बहालवालाहरुलाई मर्का पर्ने गरेको थियो । घर धनीहरुको मनपरी तरिकाले चर्को भाडादर लिएर नै कोठामा बस्नेहरु समस्यामा पर्ने गरेका थिए । तर, काेराेना भाइरस संक्रमणकाे कारण धेरैले काठमाडाैं उपत्यका जस्ता शहरी क्षेत्रकाे बसाइ नै टुंग्याएपछि घरधनीहरू समस्यामा परेका हुन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्