नेपाली पाईलटसहित जहाज फिलिपिन्सको समुन्द्रमा खस्यो,पाँच जनाको जीवितै उद्धार



हाम्रो इकोनोमि

 

 

आज विहानै फिलिपिन्समा भएको एक जहाज दुर्घटनामा नेपाली प्रशिक्षार्थी पाईलटको सकुशल उद्धार गरिएको छ । इन्जिन फेल भएर समुन्द्रमा खसेको जहाजबाट एक जना नेपाली प्रशिक्षार्थी पाईलट, एक जना भारतीय प्रशिक्षार्थी पाईलट तथा क्याप्टेन, अर्का फिलिपिनी प्रशिक्षार्थी पाईलट तथा एक जना हवाई इन्जिनियरको जीवितै उद्धार गरिएको फिलिपिन्सको सञ्चार माध्यमले जनाएको छ ।

दुर्घटनामाग्रस्त जहाजबाट नेपालमा दुई वर्ष पत्रकारिता क्षेत्रमा काम गरेर पाईलट टे«निङका लागि फिलिपिन्स पुगेका २८ बर्षिय शुरम्य खनालसहित अन्य तीन जनालाई सकुशल उद्धार गरिएको जनाइएको छ । जहाज दुर्घटनापछि जीवितै उद्धार गरिएकाहरुमा २७ बर्षिय भारतीय नागरिक ज्योथिस जोन पुलिथानाम, फिलिपिन्सका २७ बर्षिय राजेल डुलेय, भारतीय नागरिक ३४ बर्षिय क्याप्टेन मर्रियफ र फ्लाईट इन्जिनियर चोको डोमेन रहेका छन् ।

 

समुन्द्रमा खसेको जहाजलाई ट्राईसाइकल चालकले तत्कालै उद्धार गरेका कारण नेपाली प्रशिक्षार्थी पाईलट सहित पाँचै जनाको जीवन बच्न सफल भएका हुन् ।

तालिमको क्रममा रहेका बेला जहाज दुर्घटनामा परेको बताइएको छ । मध्य आकाशमा जहाजको इन्जिन फेल भएपछि ग्लाईडिङ गरेर समुन्द्रमा फोर्स ल्याण्डिङ गरिएको र संयोगवश जमिनभन्दा ६ मिटर पर समुन्द्रतर्फ जहाज खसेको थियो । मंगलबार स्थानीय समय अनुसार बिहान साढे ९ बजे फिलिपिन्सको सिनंकुस्थित जाम्बोआंगा विमानस्थलबाट उडेको जहाज इन्जिन फेल भएपछि दुर्घटनामा परेको थियो । फिलिपिनी संचारमाध्यमहरुका अनुसार पाईलटलाई तालिम दिने कम्पनीको जहाजमा प्रशिक्षण उडानको क्रममा कलसाइन आरपी–सी८३४ जहाज दुर्घटनामा परेको हो । हवाई जहाज दुर्घटनामा ठूलो रकम बीमा दावी पर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
भेनेजुएलामा शक्तिशाली भूकम्प, १० हजार बढीको मृत्युको आशंका

    राजधानी काराकाससहित धेरै सहरमा भवनहरू हल्लिएका, केही संरचनाहरू भत्किएका तथा हजारौँ...

९९ केन्द्रीय सदस्यका लागि रास्वपाको ३८४ जना उम्मेदवार

    रास्वपाको केन्द्रीय सदस्यको लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन...

रास्वपा महाधिवेशन : भोट हाल्न एकजनालाई १० मिनेट लाग्ने

    रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई...

असार २० गतेसम्म कांग्रेसको क्रियाशील सदस्य नवीकरण गर्न पाईने

    नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिकको लागि नयाँ कार्यतालिका ल्याएको...