कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो



हाम्रो इकोनोमि

 

विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या पाँच लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच लाख एक हजार २८१ पुगेको हो ।

अमेरिकामा अहिलेसम्म एक लाख २५ हजार ८०३ जनाको मृत्यु भइसकेको छ भने ब्राजिलमा पनि मृत्यु हुनेको संख्या ५७ हजार ६२२ पुगेको छ । बेलायतमा पनि ४३ हजार ६३४३ जनाको मृत्यु भइसकेको छ । इटालीमा पनि मृत्यु हुनेको संख्या ३४ हजार ७३८ पुगेको छ । फ्रान्समा पनि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ हजार ७८१ पुगेको छ ।

अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि एक करोड एक लाख १७ हजार ७०० पुगेको छ । त्यस्तै अहिलेसम्म ५१ लाख ४० हजार ८९९ जना संक्रमित निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...