यस्तो गम्भीर प्रकरणमा फसे सुपरस्टार सलमान खान



हाम्रो इकोनोमि

 

चर्चित बलिउड अभिनेता सलमान खान गम्भीर प्रकरणमा मुछिएका छन् । बलिउड अभिनेता खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्सालीसहित आठ जना विरूद्ध गम्भीर प्रकरणमा मु’द्दा दा’यर भएको छ । बुधबार एक वकिलले उनीहरूलाई अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको कारण भन्दै बिहार अदालतमा मु’द्दा दा’यर गरेका हुन् ।

वकिल सुधिर कुमार ओझाले सलमान, करनसहित आठ जनाका विरूद्ध मु’द्दा दा’यर गरेका हुन् । अदालतले आगामी जुलाई ३ को सुनुवाइ मिति दिएको छ । ओझाले दा’यर गरेको मु’द्दामा आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशको पनि नाम छ ।

समाचार अनुसार यी आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन नदिने देखि लिएर सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडेको आरोप लगाइएको छ । उनीहरुका कारण नै सुशान्तले नयाँ चलचित्र नपाएको बताइएको छ ।

हालै देहत्याग गरेका सुशान्तलाई सलमानसहित ८ जनाले मानसिक तनाव दिएको भनिएको छ । वकिलका अनुसार उनले सेक्सन ३०६, १०९, ५०४ र ५०६ अन्तर्गत मु’द्दा दा’यर गरेका हुन् ।

यसका साथै उनले साक्षीको सूचीमा अभिनेत्री कंगना रनावतको नाम पनि राखेका छन् । अभिनेता सुशान्तसिंहले गत आइतबार मुम्बईस्थित आफ्नै फ्ल्याटमा मृत भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...