करोडौँ फ्यानहरुलाई स्तब्ध बनाउँदै बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले उठाइन् यस्तो कदम



हाम्रो इकोनोमि

 

आफ्ना करोडौँ फ्यानहरुलाई स्तब्ध बनाउँदै बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले एक गम्भीर फैसला लिएकी छिन् । उनले हालै कसैले नसोचेको एक निर्णय लिइन् । वास्तवमा अभिनेत्री सिन्हा ट्रोलिङ र आलोचकहरुद्वारा निकै संकटमा थिइन्, जसकारण उनले ट्विटरबाट विदा लिइन् । शनिबार, उनले यो कुरा इन्स्टाग्राममा घोषणा गरिन् ।

 

 

अमेरिकी अभिनेत्री र हास्य कलाकार एमी पोहलरको फोटो साझा गर्दै सोनाक्षीले लेखिन्, ‘आगो लाग्यो वस्तीमा, म मेरो मस्तीमा । बाई ट्विटर ।’ फोटोमा, एमी जीतको संकेत देखाइएको छ । सोनाक्षीले आफ्नो सन्देश एमी पोहलरको सेयर गरेको फोटोसँगै थप लेखिन्, ‘तपाईको पवित्रता जोगाउने पहिलो चरण नकरात्मकताबाट टाढा रहनु हो । र अहिले यो ट्वीटर भन्दा बढि अन्त छैन । म मेरो ट्वीटर बन्द गर्छु । बाई गाइज । अलविदा साथीहरू ।’

 

सुशान्त सिंह राजपूतको मृत्युपछि सोनाक्षी सिन्हालाई पनि अन्य कलाकारहरुको बच्चाहरूसँगै ट्रोल गरिएको थियो । मानिसहरूले उनलाई फिल्म उद्योगमा प्रतिभाशाली अभिनेताहरूको स्थान कब्जा गरेको आरोप लगाउँदै आएका थिए । वास्तवमा, सोनाक्षी भतीजावाद र खेमेबाजीको आरोप लगाएकाहरुको बचाउ गर्दै थिइन् । उनले भनेकी थिइन्, ‘केही मानिसहरू सुशान्तको मृत्युबाट प्रचार प्रसार गर्न चाहन्छन ।’ सोनाक्षी आफ्नो पोष्टमा लेख्छिन्, ‘कुनै पनि सुंगुरसंग कुस्ती खेल्दा समस्या यो हुन्छ कि तपाई फोहोरी हुनुहुनेछ र उस्लाई रमाइलो लाग्नेछ । त्यहाँ केही यस्ता व्यक्तिहरु छन् जो कसैको मृत्युको बहानामा आफ्नै विज्ञापन गर्दैछन ।’

 

सोनाक्षीले अगाडि लेखिन्, ‘त्यस्ता व्यक्तिहरूले आफ्नै मानिसहरुको मृत्युको आडमा प्रचार गर्छन्, तर अब यो सबै रोक्नुहोस् । तपाईको नकारात्मकता, घृ णा र वि षको आवश्यकता छैन । तपाईले जस्ले यस संसारलाई छोड्नु भयो, उहाँको सम्मान गर्नुहोस् ।’ सोनाक्षीले यस पोष्टमा कसैको नाम लिइनन् । तर उनको संकेत कंगना रनौतजस्ता कलाकारतर्फ थियो । जसले करण जोहरलाई सुशान्तको मृत्युको आरोप लगाउँदै एक भिडियो जारी गरेकी थिइन् । सुशान्त मृत्यु प्रकरणमा अहिले सलमान खान लगायत ६ जनामाथि मुद्दा दायर गरिएको छ । सुशान्तको मृत्युको कारण उनीहरुलाई मानिरएको छ ।

प्रतिक्रिया दिनुहोस
संवेदनशील विषयमा ‘लफङ्गो’ पाराले बोल्नु हुदैन : गगन थापा

     नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारका मन्त्रीहरूले संवेदनशील विषयमा बेला बेलामा...

प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ

    प्रहरी हुँ भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन्...

प्रेस स्वतन्त्रता हनन हुदैन : सञ्चारमन्त्री

    सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने...

ब्लु बसभन्दा व्यवस्थापन र गुणस्तरमा सुधार गरियोस् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सरकारले सञ्चालनमा ल्याउन लागेको ब्लु बसको...