करोडौँ फ्यानहरुलाई स्तब्ध बनाउँदै बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले उठाइन् यस्तो कदम



 

आफ्ना करोडौँ फ्यानहरुलाई स्तब्ध बनाउँदै बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले एक गम्भीर फैसला लिएकी छिन् । उनले हालै कसैले नसोचेको एक निर्णय लिइन् । वास्तवमा अभिनेत्री सिन्हा ट्रोलिङ र आलोचकहरुद्वारा निकै संकटमा थिइन्, जसकारण उनले ट्विटरबाट विदा लिइन् । शनिबार, उनले यो कुरा इन्स्टाग्राममा घोषणा गरिन् ।

 

 

अमेरिकी अभिनेत्री र हास्य कलाकार एमी पोहलरको फोटो साझा गर्दै सोनाक्षीले लेखिन्, ‘आगो लाग्यो वस्तीमा, म मेरो मस्तीमा । बाई ट्विटर ।’ फोटोमा, एमी जीतको संकेत देखाइएको छ । सोनाक्षीले आफ्नो सन्देश एमी पोहलरको सेयर गरेको फोटोसँगै थप लेखिन्, ‘तपाईको पवित्रता जोगाउने पहिलो चरण नकरात्मकताबाट टाढा रहनु हो । र अहिले यो ट्वीटर भन्दा बढि अन्त छैन । म मेरो ट्वीटर बन्द गर्छु । बाई गाइज । अलविदा साथीहरू ।’

 

सुशान्त सिंह राजपूतको मृत्युपछि सोनाक्षी सिन्हालाई पनि अन्य कलाकारहरुको बच्चाहरूसँगै ट्रोल गरिएको थियो । मानिसहरूले उनलाई फिल्म उद्योगमा प्रतिभाशाली अभिनेताहरूको स्थान कब्जा गरेको आरोप लगाउँदै आएका थिए । वास्तवमा, सोनाक्षी भतीजावाद र खेमेबाजीको आरोप लगाएकाहरुको बचाउ गर्दै थिइन् । उनले भनेकी थिइन्, ‘केही मानिसहरू सुशान्तको मृत्युबाट प्रचार प्रसार गर्न चाहन्छन ।’ सोनाक्षी आफ्नो पोष्टमा लेख्छिन्, ‘कुनै पनि सुंगुरसंग कुस्ती खेल्दा समस्या यो हुन्छ कि तपाई फोहोरी हुनुहुनेछ र उस्लाई रमाइलो लाग्नेछ । त्यहाँ केही यस्ता व्यक्तिहरु छन् जो कसैको मृत्युको बहानामा आफ्नै विज्ञापन गर्दैछन ।’

 

सोनाक्षीले अगाडि लेखिन्, ‘त्यस्ता व्यक्तिहरूले आफ्नै मानिसहरुको मृत्युको आडमा प्रचार गर्छन्, तर अब यो सबै रोक्नुहोस् । तपाईको नकारात्मकता, घृ णा र वि षको आवश्यकता छैन । तपाईले जस्ले यस संसारलाई छोड्नु भयो, उहाँको सम्मान गर्नुहोस् ।’ सोनाक्षीले यस पोष्टमा कसैको नाम लिइनन् । तर उनको संकेत कंगना रनौतजस्ता कलाकारतर्फ थियो । जसले करण जोहरलाई सुशान्तको मृत्युको आरोप लगाउँदै एक भिडियो जारी गरेकी थिइन् । सुशान्त मृत्यु प्रकरणमा अहिले सलमान खान लगायत ६ जनामाथि मुद्दा दायर गरिएको छ । सुशान्तको मृत्युको कारण उनीहरुलाई मानिरएको छ ।

प्रतिक्रिया दिनुहोस
राजस्वले साधारण खर्च धान्नसमेत धौधौ परिरहेको छ : अर्थमन्त्री पौडेल

     उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको राजस्व संकलनले साधारण खर्चसमेत धान्न

विकासको लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक व्यवस्थाबाट मुलुक पछि फर्कन नसक्ने प्रष्ट्याएका

नारी दिवसको अवसरमा नबिल बैंकको वाकाथन

    नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा वाकाथन आयोजना गरेको छ

एमालेनिकट अनेरास्ववियु ४० क्याम्पसका सभापतिमा निर्विरोध

    अहिले चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि देशभरको