भारतमा कोरोना संक्रमणबाट एकैदिन ४४५ को मृत्यु



हाम्रो इकोनोमि

 

भारतमा पछिल्लो २४ घण्टामा करिब १५ हजार नयाँ संक्रमित भेटिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा १४ हजार ८२१ नयाँ संक्रमित भेटिएका छन् । यससँगै भारतमा कोरोना भाइरसका संक्रमितको संख्या पनि चार लाख २५ हजार २८२ पुगेको छ । अघिल्लो २४ घण्टामा पनि भारतमा कोरोना भाइरसका १५ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका थिए ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ४४५ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १३ हजार ६९९ पुगेको छ ।

भारतको महाराष्ट्रमा अहिलेसम्म एक लाख ३२ हजारभन्दा धेरै संक्रमित भेटिएका छन् भने ६ हजार १७० जनाको मृत्यु भइसेकेको छ । दिल्लीमा कोरोना संक्रमित ५९ नाघेका छन् भने दुई हजार १७५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा पनि संक्रमितको संख्या ५९ हजार नाघेको छ भने ७५७ जनाको मृत्यु भइसकेको छ ।

उत्तर प्रदेशमा अहिलेसम्म १७ हजार ७३१ संक्रमित फेला पर्दा ५५० को मृत्यु भइसकेको छ । त्यस्तै पश्चिम बंगालमा १३ हजार ९४५ संक्रमित फेला परेका छन् भने ५५५ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । बिहारमा अहिलेसम्म सात हजार ६१२ संक्रमित फेला परेका छन् भने ५३ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका दुई लाख ३७ हजार १९६ संक्रमित डिस्चार्ज वा निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...