भारतमा कोरोना संक्रमणबाट एकैदिन ४४५ को मृत्यु



हाम्रो इकोनोमि

 

भारतमा पछिल्लो २४ घण्टामा करिब १५ हजार नयाँ संक्रमित भेटिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा १४ हजार ८२१ नयाँ संक्रमित भेटिएका छन् । यससँगै भारतमा कोरोना भाइरसका संक्रमितको संख्या पनि चार लाख २५ हजार २८२ पुगेको छ । अघिल्लो २४ घण्टामा पनि भारतमा कोरोना भाइरसका १५ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका थिए ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ४४५ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १३ हजार ६९९ पुगेको छ ।

भारतको महाराष्ट्रमा अहिलेसम्म एक लाख ३२ हजारभन्दा धेरै संक्रमित भेटिएका छन् भने ६ हजार १७० जनाको मृत्यु भइसेकेको छ । दिल्लीमा कोरोना संक्रमित ५९ नाघेका छन् भने दुई हजार १७५ जनाको मृत्यु भइसकेको छ । त्यस्तै तामिलनाडुमा पनि संक्रमितको संख्या ५९ हजार नाघेको छ भने ७५७ जनाको मृत्यु भइसकेको छ ।

उत्तर प्रदेशमा अहिलेसम्म १७ हजार ७३१ संक्रमित फेला पर्दा ५५० को मृत्यु भइसकेको छ । त्यस्तै पश्चिम बंगालमा १३ हजार ९४५ संक्रमित फेला परेका छन् भने ५५५ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । बिहारमा अहिलेसम्म सात हजार ६१२ संक्रमित फेला परेका छन् भने ५३ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका दुई लाख ३७ हजार १९६ संक्रमित डिस्चार्ज वा निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...