ट्रम्पले भने कोरोनाको परीक्षण कम गर्नू



हाम्रो इकोनोमि

 

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस सङ्क्रमणमा सम्लग्न स्वास्थ्यकर्मी तथा ल्यावका कर्मचारीलाई परीक्षणलाई क्रमशः ढिलो गर्न आग्रह गरेका छन् । स्थानीय समय अनुसार शुक्रबार उनले ‘जति परीक्षणलाई बढायो त्यति सङ्क्रमितको सङ्ख्या बढ्ने’ भन्दै परीक्षणमा हतार नगर्न प्रोत्साहन गरेका हुन् ।

ओक्लाहोमाको तुल्सामा कोरोनाभाइरस महामारीको बीचमा आफ्नो राष्ट्रपतिय अभियान शुरू गर्दैराष्ट्रपति ट्रम्पले भने, “हेर्नुस्, सबैलाई थाहा भएको कुरा यो चीनबाट फैलिएको हो तर मैले निर्णय गरेँ कि यसका बारेमा कुनै ठूलो निर्णय गर्नु पर्दैन।”

उनले राष्ट्रपतिको नयाँ कार्यकालका लागि निर्वाचन अभियानको स्टेजमा उभिएर थालनी गरेका थिए। उक्त अवसरमा उनले सङ्क्रमणबाट सुरक्षित हुनका लागि मुखमा मास्क लगाएका थिएनन् । उनको अभियानमा सहभागी हजारौँ शुभेच्छुकले पनि आफ्ना नेताको भावनालाई पछ्याउँदै मास्क तथा पञ्जाको प्रयोग गरेका थिएनन्।

आफूले पहिले चीनबाट आउने सबै र पछि यूरोपबाट आउनेसमेत व्यक्तिको प्रबेशमा लगाएको प्रतिबन्धले समस्यालाई कम गरेको पुष्टि गर्ने प्रयास गर्दै ट्रम्पले भने । “जब तपाईले त्यो ठूलो मात्रामा परीक्षण गर्नुहुन्छ धेरै नागरिक सङ्क्रमित भएको भेटिनेछ, “त्यसैले मैले अमेरिकी अधिकारीहरूलाई भन्ने गरेको छु कि हामीले परीक्षण गरिरहेको छौँ तर नागरिकहरूलाई थाहा छैन के भइरहेको छ।”

ट्रम्पका अनुसार अमेरिकामा धेरै व्यक्ति (दुई करोड ५० लाख भन्दा बढी) को कोभिड–१९ परीक्षण भएकोले धेरै सङ्क्रमित देखिएको हो ।चुनावी जुलुसको उद्घाटनका अवसरमा अमेरिकी राष्ट्रपतिले विद्यालय पनि खोल्नुपर्ने तर्क गर्दै भने, “बालबालिका हामीभन्दा धेरै शक्तिशाली हुन्छन् ।”

अमेरिकी जोन हकिन्स विश्वविद्यालयको पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा आइतबारसम्ममा कूल २२ लाख ५४ हजार ६६२ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ। अमेरिकामा एक लाख १९ हजार ७१९सङ्क्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस सिध्याउने खलनायक गगन थापा हुन : मोहन बस्नेत

     नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएकाे नेतृत्वले पार्टीलाई इतिहासकै...

कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...