भारत र चीनका सैनिकबीच झडप, २० भारतीय सैनिकको मृत्यु, १५ बेपत्ता



हाम्रो इकोनोमि

 

दुई ठूला छिमेकी भारत र चीनका सैनिकबीच हिंस्रक झडप भएको छ । दुई देशको सीमा क्षेत्र लद्दाखमा सोमबार राति भएको झडपमा भारतीय सेनाका कर्णेलसहित २० भारतीय सैनिकको मृत्यु भएको छ । जनसंख्याको हिसाबले विश्वको पहिलो र दोस्रो तथा परमाणु शक्ति सम्पन्न दुई उदाउँदा शक्तिबीचको तनावले एसिया मात्र होइन, पूरै विश्व तरंगित भएको छ ।

चिनियाँ सेनासँगको मुठभेडमा भारतका ३४ सैनिक बेपत्ता भएको समाचार बेलायती पत्रिका टेलिग्राफको अनलाइन संस्करणमा मंगलबार दिउँसो नै प्रकाशित भएको थियो । तर, मंगलबार साँझसम्म भारतीय पक्षले एक कर्णेलसहित तीनजनाको निधन भएको बताएको थियो । तर, राति ११ बजे भारतीय रक्षा मन्त्रालयले २० जना सैनिक मारिएको पुष्टि गरेको छ । भारतीय दैनिक भास्करले अरू १५ सैनिक बेपत्ता भएको उल्लेख गरेको छ ।

झडप भएको क्षेत्र चीनले नियन्त्रणमा राखेको छ । त्यसैले चीनले शव पठाएपछि मात्र भारतले मृतकको संख्या यकिन गरेको हो । ‘चिनियाँ पक्षले मृतक भारतीय सैनिकको संख्या एकैपटक होइन, पालैपालो पठाएको छ,’ दैनिक भास्करले लेखेको छ । भास्करले चीनतर्फ ४३ सैनिक हताहत भएको दाबी गरेको छ । तर, स्वतन्त्र पुष्टि गरेको छैन ।

उता चिनियाँ पत्रिका ग्लोबल टाइम्सले झडपमा दुवैतर्फ क्षति भएको बताए पनि मृतक तथा घाइते सैनिकको संख्या यकिन नभएको लेखेको छ । भारततर्फ २० सैनिक मारिएको आधिकारिक पुष्टि हुँदासम्म चिनियाँ पक्षले आफ्नोतर्फको क्षतिको विवरण खुलाएको छैन ।

बरु ग्लोबल टाइम्सका सम्पादकले ट्विटमा भनेका छन्, ‘मलाई जानकारी भएसम्म गलवान उपत्यकामा भएको झडपमा चिनियाँ पक्षलाई पनि नोक्सान भएको छ । म भारतीय पक्षलाई भन्न चाहन्छु कि अभिमानी नबन्नुस् र चीनको संयमलाई उसको कमजोरी नसोच्नुस् । चीन संघर्ष चाहँदैन, तर हामी संघर्षसँग डराउँदैनौँ ।’

ग्लोबल टाइम्सका सम्पादकको ट्विटभन्दा अगाडि सोही पत्रिकाकी एक रिपोर्टर वाङ वेनवेनले झडपमा चीनका पाँच सैनिक मारिएको र ११ घाइते भएको लेखेकी थिइन् । भारतीय स्रोतलाई उद्धृत गर्दै लेखेको ट्विट उनले पछि डिलिट गरिन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...