भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार हजार नाघ्यो



हाम्रो इकोनोमि

 

भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या चार हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा कोरोना भाइरसबाट चार हजार २१ जनाको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा मात्र भारतमा १५४ जनाको यो भाइरसको कारण मृत्यु भएको हो ।

त्यस्तै अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या पनि एक लाख ३८ हजार ८४५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ९७७ नयाँ संक्रमित फेला परेका हुन् । भारतमा पछिल्लो केही दिनयता नयाँ संक्रमितको संख्याले कीर्तिमान कायम गरिरहेको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० हजार २३१ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार ६३५ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

त्यस्तै तमिलनाडुमा अहिलेसम्म १६ हजार २७७ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा १११ जनाको मृत्यु भएको छ । गुजरातमा अहिलेसम्म १४ हजार ५६ संक्रमित पुगेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि ८५८ पुगेको छ । मध्य प्रदेशमा संक्रमितको संख्या ६ हजार ६६५ संक्रमित फेला परेका छन् । यो राज्यमा २९० जनाको मृत्यु भइसकेको छ ।

भारतको पश्चिम बंगालमा तीन हजार ६६७ संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या २७२ पुगेको छ । उत्तर प्रदेशमा पनि संक्रमित संख्या ६ हजार २६८ पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट १६१ जनाको मृत्यु भएको छ । बिहारमा दुई हजार ५८७ संक्रमित पुग्दा १३ जनाको मृत्यु भइसकेको छ । भारतमा अहिलेसम्म ५७ हजार ७२१ संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता

    नेपाली कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै शेरबहादुर देउवा समूहले सर्वोच्च...

नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु

    स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु भएको छ...

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटने उपत्यका मेयर्स फोरमको निर्णय

    काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा...

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्ने तयारी

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव...