भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार हजार नाघ्यो



हाम्रो इकोनोमि

 

भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या चार हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा कोरोना भाइरसबाट चार हजार २१ जनाको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा मात्र भारतमा १५४ जनाको यो भाइरसको कारण मृत्यु भएको हो ।

त्यस्तै अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या पनि एक लाख ३८ हजार ८४५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ९७७ नयाँ संक्रमित फेला परेका हुन् । भारतमा पछिल्लो केही दिनयता नयाँ संक्रमितको संख्याले कीर्तिमान कायम गरिरहेको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० हजार २३१ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार ६३५ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

त्यस्तै तमिलनाडुमा अहिलेसम्म १६ हजार २७७ जनामा कोरोना भाइरसको संक्रमण देखिँदा १११ जनाको मृत्यु भएको छ । गुजरातमा अहिलेसम्म १४ हजार ५६ संक्रमित पुगेका छन् । यो राज्यमा मृत्यु हुनेको संख्या पनि ८५८ पुगेको छ । मध्य प्रदेशमा संक्रमितको संख्या ६ हजार ६६५ संक्रमित फेला परेका छन् । यो राज्यमा २९० जनाको मृत्यु भइसकेको छ ।

भारतको पश्चिम बंगालमा तीन हजार ६६७ संक्रमित पुगेका छन् भने मृत्यु हुनेको संख्या २७२ पुगेको छ । उत्तर प्रदेशमा पनि संक्रमित संख्या ६ हजार २६८ पुगेको छ । उत्तर प्रदेशमा अहिलेसम्म कोरोना भाइरसबाट १६१ जनाको मृत्यु भएको छ । बिहारमा दुई हजार ५८७ संक्रमित पुग्दा १३ जनाको मृत्यु भइसकेको छ । भारतमा अहिलेसम्म ५७ हजार ७२१ संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...