कोरोनाको महामारीमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव ढकाल र कार्यकारी निर्देशक खतिवडाको ज्यादती



हाम्रो इकोनोमि

 

यो लकडाउनको समयमा पशुपति क्षेत्र विकास कोष भित्र सञ्चालित नन्दी गौशालालाई एक महिनाभित्र जग्गा खाली गरिदिन पत्र पठाइएको छ । नन्दी गौशाला पशुपति क्षेत्र विकास कोषभित्रको १६ रोपनी क्षेत्रफलमा सञ्चालित छ । जहाँ पशुपति मन्दिरमा चढाइएका बाच्छाबाच्छीहरु पालिँदै आएको छ । हरेक पूर्णिमामा एउटा बाच्छा मन्दिरमा चढाइने परम्परा छ । बर्षमा यसरी १३ बटा स सना बाच्छा पशुपति मन्दिरमा चढाइन्छ । ती साँढे छाडा बनेर पशुपति परिसरभित्रै गोव्र्याउने,मन्दिरमा आएका भक्तजनहरुलाई हान्ने र लखट्ने क्रम विगतमा थियो ।

यसरी विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रमा नै गाई गोरुका गोबरका कारण दूर्गन्धित हुने र त्यहाँ हिड्नेहरुलाई साढेले दुख दिन थालेसँगै पशुपति क्षेत्र विकास कोषका तत्कालिन सदस्य सचिव गोविन्द टण्डनले मठ मन्दिर गाई बाच्छा बचाउ अभियानका रामप्रसाद न्यौपानेलाई पशुपति क्षेत्र वनकालीमा १५ रोपनी जग्गा दिएर बेवारिसे ढंगबाट छाडिएका बाच्छा बाच्छा पाल्न अनुमति दिएका थिए ।

यो ५ बर्षको अवधिमा रामप्रसाद न्यौपानेले त्यहाँ सयभन्दा बढी वेवारिसे गाइबस्तु पाल्दै आएका छन् । उनीद्धारा नन्दी गौशाला कुनै व्यवसायिक गाइफार्म भन्दा कम छैन् । उनले पशुपति क्षेत्रबाट पाएको भनेको त्यही १५ रोपनी जग्गामात्र हो । बाँकी तिनका रेखदेख स्याहार सुसार आफ्नै खर्चमा गर्दै आएका छन् रामप्रसाद । यस्का अलवा उनले ३० भन्दा बढी असहाय र टुहुराहरुलाई आफैले पालेर शिक्षा दिक्षा समेत दिँदै आएका छन् ।

तर उनको यो पवित्र कर्म पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकाल र डा घनश्याम ढकालहरुलाई पचेन । र यो लकडाउन र कोरानाको कहरकै समयमा यसरी पत्र थमाएर महिना दिनभित्र जग्गा खाली नगरे कारवाही गर्ने धम्की दिएका छन् । उनीहरुले त्यहाँ सञ्चालित नन्दी गौशालालाई त्यहाँबाट उठाएर व्यापारिक प्रायोजनका लागि सो ठाउँ प्रयोग गर्ने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...