ऐतिहासिक निर्णय : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

बैठकमा प्रधानमन्त्री केपी ओलीले नयाँ नक्सा जारी गर्ने कामलाई ऐतिहासिक निर्णय भनेका छन् । ‘आज एउटा ऐतिहासिक निर्णय गरियो, तपाईं–हामी सबैका लागि यो निर्णय धेरै महत्वपूर्ण रहेकाले सबैलाई बधाई छ,’ बैठक समापन गर्दै उनले भनेका थिए ।

‘हामीले संसद्मा प्रस्तुत नीति तथा कार्यक्रममै कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा प्रकाशन गर्ने घोषणा गरिसकेका छौँ, ऐतिहासिक तथ्य र प्रमाणका आधारमा पनि ती हाम्रै जमिन हुन्, त्यसैले नयाँ नक्सा जारी गर्ने निर्णय गरौँ,’ बैठकमा प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव गरेपछि सबै मन्त्रीले उत्साही हुँदै सहमति जनाएका थिए । आइतबारको बैठकमा पनि प्रधानमन्त्री ओलीले छिट्टै नयाँ नक्सा जारी गर्ने र सीमा अतिक्रमणको समस्या कूटनीतिक वार्ताको माध्यमबाट समाधानका लागि प्रयास गर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...