खाद्य सामग्रीको मूल्यवृद्धि उच्च, काठमाडौंमा सबैभन्दा बढी महँगो



हाम्रो इकोनोमि

 

कोरोना भाइरसको सन्त्रासका बीच खाद्य सामग्रीमा उल्लेख्य मूल्यवृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७६/७७ को ९ महिना (साउन-चैत)सम्मको आँकडाअनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.६८ प्रतिशत पुगेको छ ।

यस अवधिमा औसतः मूल्यवृद्धि भने ६.७४ प्रतिशत रहेको छ । समग्र मूल्य वृद्धिदरलाई नियन्त्रणभित्र राख्न गैरखाद्य तथा सेवा समूहले सहयोग गरेको हो । यी समूहको मुद्रास्फीति ४.४८ प्रतिशत देखिएको छ ।

नेपाल राष्ट्र बैङ्कले नेपालीको भान्सामा प्रयोग हुने सबैजसो खाद्यवस्तुको मूल्य वृद्धिदर उच्च रहेको छ । तरकारी, फलफूल, मसला र दाल तथा गेडागुडीको मूल्यवृद्धि उच्च देखिएको छ । यसअवधिमा गैरखाद्य तथा सेवासमूहतर्फ शिक्षा, स्वास्थ्य, लुगा तथा जुत्ता उपसमूहको मुल्यवृद्धि सामान्य देखिएको छ ।

सबैभन्दा बढी मूल्यवृद्धि काठमाडौंमा

राष्ट्र बैङ्कका अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा बढी मूल्यवृद्धि भएको छ । यस अवधिमा काठमाडौं उपत्यकामा ७.१९ प्रतिशतको मूल्यवृद्धि भएको छ । तराईमा ७.०४, पहाडमा ५.८४ र हिमालमा ४.८३ प्रतिशतको मूल्यवृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ को चैतसम्म यी क्षेत्रमा क्रमशः ४.७४, ३.९५, ४.८० र ६.२० प्रतिशतको मूल्यवृद्धि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...