मदन भण्डारीको प्रेमपत्र विद्यालाई



 

म तिमी सहितको पहलमा निर्मित दासढुंगाको सालिकमा आश्रितको साथमा छु । तिम्रो प्रगति र उन्नतीको अथाहा उत्कर्ष देखेर असाध्य खुशी छु । बेलाबेला हर्षका आँशु बगाउँछु । कतिवेला त लाग्छ मलाइ जसले हत्या गरेको हो ठिकैपनि गरेछ । नत्र तिम्रो राष्ट्रपति हुनेसम्मको यतिठूलो प्रगति मेरो जीवनकालमा सायद असम्भव हुनसक्थ्यो । तिमीले मलाइ सहयोग गर्दागर्दा तिम्रो उच्च उर्जाशिल जीवन कस्तो अवस्थामा गुज्रन्थ्यो होला भनेर कल्पना नै गर्न सक्तिन ।

जतिबेला मेरो हत्याको योजना बन्दै थियो, त्यतिनै बेला देश र जनताको सर्वांगिण विकाशका लागि सपनाहरुको एउटा व्यवस्थित श्रृंखला निर्माण हुदै थियो । जनताको वहुदलिय जनवादको रुपमा पार्टी भित्र अत्याधिक मत सहित खाका तयार भएको थियो । देशको विकाश एउटा कुरा रहेछ । तर हरजनताको जीवन विकाशलाइ वेवास्ता गरेर हुने विकाशले अन्तत खुशी मिल्दैन । यहि कुराले मलाइ पोलिराख्थ्यो ।

देशको भौगोलिक विकाशको साथमा मुख्यतः जनताको अनुहारमा खुशी हेर्ने असाध्य ठुलो सपना थियो । एक–एक व्यक्ति मार्फत, एक–एक परिवारहरु सहित, प्रत्येक गाउँहरुलाइ सचेत पारेर नविन समाज निर्माण गर्न सक्दामात्रै देश बलियो हुन्छ भन्ने मलाइ लाग्थ्यो । तर देशमा सामन्तवादको नाइके राजा र त्यसलाई टिकाउने राजसंस्था कायम रहेसम्म केहि हुदैन भन्ने भित्रैदेखीको आत्म–विश्वास थियो ।

सामन्तवादको जरो–किलो उखेलेर फ्याक्न समग्र परिस्थिति तयार भएको थिएन । परिस्थिति तयार पार्नपनि समय लाग्थ्यो ।  जनतालाइ शिक्षित र सचेत पार्नुपथ्र्यो । उपयुक्त समयको प्रतिक्षारत संक्रमणकालका लागि वहुदलिय जनवाद प्रतिपादन गरिएको हो । ताकि जनताका असलि दुश्मनमाथी उपयुक्त समयमा अचुक निशाना लगाउन सकियोस् र गरिव जनताको मुहारमा खुशीको मुस्कान देख्न पाइयोस । तर म अकस्मात मारिएँ । त्यसको दुइवर्ष पछि तत्कालिन माओवादी पार्टीले शसस्त्र जनयुद्ध गर्ने हिम्मत गरे ।

त्यसको दशवर्ष पछि तपाईहरु सबैजना मिलेर जनआन्दोलन श्रृजना गर्नुभयो ।  जसको परिणाम सामन्तवादको किल्ला ध्वस्त भयो । म मारिएपनि मेरो सपनाको असाध्य गहन र कठिन खुड्किला पार गर्दै देशमा संघीय गणतन्त्र निर्माण भयो । देशको राजनैतिक संरचनामा गरिएको आमुल परिवर्तनका लागि तपाई मार्फत सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । अझ म र आश्रीतको हत्या भएको दिनलाइ आधार वनाएर देशका ठुला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकता र सत्तरीवर्ष पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को रुपमा पुर्नजागृत गर्न सफल हुनुभएकोमा त झनै मेरो असिम आभार तथा कहिल्यै एकता नटुटोस भन्ने शुभकामना व्यक्त गर्दछु ।

प्रिय विद्या, म २७ वर्षदेखी यो दासढुंगामा तिमीलाइ पर्खिरहेको छु । तिमीलाई मात्रै होइन सबै कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता र आम न्यायप्रेमी जनसमुदायलाइ पर्खिरहेको छु । त्रिशुलिको पानीले सुन्निएको मेरो लास निकालेर आर्यघाटमा जलाइयो । तर जुनदिन आश्रीत र मेरो सालिक दासढुंगामा  निर्माण भयो, हामी यहीं छौं । हो, हामी अमुक ढुंगाको शालिकका रुपमा छौं । वर्षौदेखीका हजारौं हजार प्रश्न लिएर आश्रितले मलाइ हेर्छ । केही उत्तर दिने र केही प्रश्न गर्ने मनसाय राखेर म आश्रितलाई हेर्छु । तर हामी बोल्न सक्दैनौं ।

लागेको थियो पाँचवर्ष, दशबर्ष, विसवर्ष जति समय जान सक्छ जाओस । तर कुनै न कुनै दिन त देशमा कम्युनिष्ट राज हुनेनै छ । त्यसपछी षडयन्त्रकारी हत्याराहरुको व्यापक खोज हुनेछ र खासमा हामी मारिनुपर्ने के त्यस्तो गलत काम गरेका रहेछौं भन्ने यथार्थ पत्ता लाग्नेछ । त्यसदिन हाम्रो आत्मालेपनि शान्ति पाउनेछ भन्ने प्रतिक्षामा थियौं ।

पछिल्ला बर्षहरुमा त झनधेरै आशा र विश्वास जागृत भएको थियो । प्रिय विद्या, तिमी दोश्रो कार्यकालका लागि राष्ट्रपति भयौ, केपी कमरेड दुईतिहाइको प्रधानमन्त्री हुनुभयो । देशमा कम्युनिष्ट पार्टी इतिहासमै नभएको ठूलो भयो । तर हाम्रो हत्या किन भयो ? यसको कहिं कतै प्रश्न भएन । आजभोली त हरवर्ष हाम्रो सम्झनामा बगाइने आँशु र हाम्रा शालिकमा चडाउने फुलहरु नक्कलि लाग्छन् । कताकति तिमिनै नक्कली लाग्छ । र प्रत्येक कमरेडहरुसंग हराएका शंकाहरु पुर्नजागृत हुन्छ । अन्यथा नमान विद्या आहात भएर मैले तिमी माथी नै शंका गर्न थालेको छु । हर व्यक्तिहरुलाई दोषि देख्न थालेको छु । हत्या गर्ने कार्यमा संलग्न देखिने एउटै पात्र थियो हाम्रो ड्राइभर–अमर लामा । त्यसलाई पनि माओवादीका नाममा मारियो । आज त माओवादी एमाले मिलेर नेकपा वनेको छ । त्यसलाइ किन मारिएको थियो ? देखिने एउटै प्रमाणलाई नष्ट पार्नुको कारण के थियो ? त्योपनि त खोज्यो भनेत भेटिन्छ होला नि प्रिया । सायद अब तिमीलाइ पनि यसो गर्नुको खासै मज्जा छैन जस्तो लाग्दैछ । होस, यी सब गन्थन मन्थन ले तिमीलाइ पिडा हुन सक्छ ।

आउ बरु म तिमीलाइ केही सुझाव गर्न चाहन्छु । तिमीलाइ याद छ विद्या, हामीले चियापत्ति सकिएको बेला अलिकति चिनी डढाएर कालो चिनीपानीको चिया खाएको ?, हाम्रो स्टोपमा मट्टितेल सकिएर कतिपटक यतिकै वसेको ? मलाइ त एकदमै याद छ । यो याद भइराख्नुपनि पर्छ । मलाइ लाग्छ आजभोली यी सारा कुरा तिमीले भुल्दै गएकि छौ । मैले अघिपनि भनेनि, मेरो लक्षको सामन्तवादी पर्खाल तिमीहरु सवै मिलेर ढालिदियौं । तर समस्या पर्खालको होइन, सोचको रहेछ । राजावादी सामन्ती सोच अहिले तिमीहरुमा देखेर मलाइ दिक्क लाग्छ । राजतन्त्रात्मक परम्पराको ढर्रा तिमीलाई सुहाउँदैन । हामी राजाहरुको आलिशान जीवनको कुण्ठाले कम्युनिष्ट भएका होइनौं ।

तिमीलाइ थाहा छ उनीहरु किन रथमा सवार हुन्थे ? ‘म भनेको राजा हुँ, तिमीहरु सबै रैति हौ, मेरा लागि तालि पड्काउ, मेरो जयजयकार गर, दायाँवायाँ नगर, म आउँदा वाटो छाड, अरु कोही मेरो वरीपरी नहिँड, किनभने राजा र राजपरिवार भनेको अभिजात कुलिन हौं’ भनेर देखाउँथे । के तिमिलाइ यस्तो सुहाउँछ ?, यस्ता वाईयात परम्पराको दास वन्न तिमीलाई सहाउँदैन । यसलाइ तोड्न सक्नुपर्छ । तिमीलाई त्यो लाखौं लाखको साडी प्रत्येक दिन फेरेको पनि सुहाउँदैन विद्या । खासमा आजपनि दुइ छाक टार्नका लागि इटाभट्टामा काम गर्ने महिलाहरुको शोषणको कल्पना गर्ने गर ।

आफ्नो शरिर वेचेर वेश्यावृति गर्न वाध्य किशोरीहरुलाइ हेर । विदेशमा गएर ज्यान फाल्ने लाखौं लाख नेपालीलाई हेर । तिम्रो लवाइ खुवाइले तिमीलाइ आफ्नो राष्ट्रपति ठान्दैनन् उनीहरु । तिमी लुंगि लगाएर ती जनताको वीचमा जान सक्नुपर्छ, सानासाना बालबालिकहरुसंग तिनका निर्दोष प्रश्नका मायालु उत्तरहरुसंग रमाउन सक्नुपर्छ ।

तिमीलाई सयौं रोपनि जग्गामा किन चाहियो महल ?, कनि चाहियो अरबौंको हेलिकप्टर ?, किन चाहियो करोढौं को गाडी ? यो सव छाडिदेउ । र फेरीपनि ती दिन सम्झ, जुनदिन हाम्रो घरमा चियापत्ति थिएन, स्टोपमा मट्टितेल सकिएको थियो, छोरीहरु भोकाएका थिए रपनि जनताका लागि हामी लडिरहने प्रण गरेका थियौं । लाखौं जनताको मुहारलाई सम्झेर आफूलाई उर्जाशिल वनाएका थियौं । बस मेरो कामना यति हो  ।

  –तिम्रो प्रिय मदन भण्डारी

समाचार दैनिकबाट

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्