पत्रकार महासंघ दोलखाले सदस्यता खारेज गरेकामा विरोध



हाम्रो इकोनोमि

पत्रकार महासंघ, दोलखा शाखाले क्रियाशील पत्रकारकै सदस्यता खारेज गरेको भन्दै विरोध भएको छ । जिल्ला शाखाको बैठकले हालै एक सय जनाको सदस्यता खारेजको निर्णय गरेपछि खारेजीमा परेका सदस्यहरुले शनिबार विज्ञप्ति निकालेर उक्त निर्णय रद्ध नगरे कार्यसमिति नै रद्ध गर्ने चेतावनी दिएका छन् ।

कार्यसमितिले विधान विपरीत गठन गरेको कार्यदलको सिफारिस भन्दै क्रियाशील पत्रकारकै सदस्यता खारेज गरेको पत्रकारहरुको आरोप छ ।

कोरोना भाइरसको महामारीका बेला आफ्ना सदस्यहरुको सुरक्षा तथा उनीहरुको संरक्षण गर्नुपर्नेमा उल्टै विधानको भावना, सिद्धान्त विपरीत पत्रकार महासंघलाई नै धरापमा पार्न निकृष्ट र आपत्तिजनक निर्णय गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

२ जेठमा सदस्यता खारेजी सम्बन्धमा भएको निर्णय फिर्ता नभए दुई तिहाई बहुमतसहित विशेष साधारण सभा बोलाई नयाँ जिल्ला कार्यसमिति गठन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...