मिथिला नगरपालिकामा सवेंदनशिलता अपनाएका छौँ : रचिन्द्र डगोंल , प्रमुख प्रशासकिय अधिकृत , मिथिला नगरपालिका



हाम्रो इकोनोमि

 

धनुषाको मिथिला नगरपालिकामा एक जनामा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको कार्यालयले सवेंदनशिलता अपनाएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रचिन्द्र डगोंलले बताएका छन् ।
सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रमुख प्रशासकिय अधिकृत डगोंलले भने , कोरोना सक्रंमण देखिएको ठाउँ लालगढको माझि टोलमा शिल गरिएको र सक्रंमितको परिवारलाई क्वारेन्टाईनमा राखिएको छ ।
नगरपालिकाको कार्यालयमा पनि आवस्यक कर्मचारीलाई मात्रै उपस्थित गराईएको प्रमुख प्रशासकिय अधिकृत डगोंलले बताए । उनले भने , अहिले मिथिला नगरपालिका भरी लकडाउन पनि कडाई गरिएको छ ।
डगोंलले नगरवासीलाई कोरोनाको सभांवित संक्रमणप्रती नगरवासीलाई सचेत हुन आग्रह समेत गरे ।
यसैबिच मिथिला नगरपालिकाले तेश्रो चरणको राहत वितरण सुरु गरेको प्रमुख प्रशासकिय अधिकृतले जानकारी दिए । उनले भने , प्रत्येक वडामा अति विपन्न ६० जना घरपरिवारलाई राहत वितरण गर्न सुरु गरेका छौँ , कसैले उचालेको भरमा राहत दावि नगर्न सम्पन्न परिवारलाई मेरो आग्रह छ ।
विश्वब्यापी कोरोना सकंटलाई सबै मिलेर सामना गर्नुपर्नेमा पनि प्रमुख प्रशासकिय अधिकृत डगोंलले नगरवासीलाई सचेत गराए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...