सशस्त्र प्रहरीले थाल्यो महाकालीमा गस्ती



हाम्रो इकोनोमि

 

सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्र दार्चुला जिल्लाको छाङरु पुगेर गस्ती सुरु गरेको छ। बुधबार स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (बिओपी) बाट खटिएको टोलीले आजदेखि गस्ती थालेको हो।

प्रहरी टोली महाकारी नदी किनारा र सीमा क्षेत्र वरिपरि गस्ती गरेको छ। भारतले नेपाली भूमि कालापानी–लिपुलेक क्षेत्र अतिक्रमण गरी तिब्बतको मानसरोवर जाने सडक बनाउन थालेपछि सरकारले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको स्थापना गरेको हो ।

लिपुलेकमा भारतले निर्माण गरेको सडक भारतलाई नै

भाडामा दिन सकिने !

दार्चुलामा नेपाली भूमि भएर भारतले खनेको सडक भाडामा दिन सकिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई प्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेता भिम रावलले आपत्ति जनाएका छन् ।

हिजो (बुधबार) साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले उक्त सडक भारतलाई नै भाडामा लगाउन सकिने अभिव्यक्ति दिएको बाहिर आएको थियो ।

Bhim Rawal, Ph. D@BhimRawal179

लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूभाग भएको तथ्य ऐतिहासिक दस्तावेज र प्रमाणको आधारमा पुष्टि गर्दै भारतसंग दृढताकासाथ कुरा गर्नुपर्छ ।अन्तर्राष्ट्रिय कानून विपरीत अतिक्रमण गरी बनाएको सडक भारतलाई नै भाडामा दिने कुरा गरी वार्तामा नेपाल कमजोर हुने तर्क नगर्नु बुध्दिमानी हुन्छ ।

नेता रावलले आज ट्वीट गर्दै अन्तर्राष्ट्रिय कानुन विपरित अतिक्रमण गरि बनाइएको सडक भारतलाई नै भाडामा दिने कुरा गरे वार्तामा नेपाल कमजोर हुने उल्लेख गरेका छन् ।

नेता रावलले लिम्यिाधुरा, लिपुलेक, कालापानी नेपाली भूभाग भएको तथ्य ऐतिहासिक दस्तावेज र प्रमाणाको आधारमा पुष्टि गर्दै भारतसँग दृढताकासाथ कुरा गर्नुपर्ने बताएका छन् ।

सर्वदलिय बैठकमा प्रधानमन्त्री ओलीले लिपुलेकमा भारतले खनेको सडक भाडामा दिन सकिने तर, भूमि छोड्न नसकिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...