अनिशुल अनसारी बने सवै भन्दा बढी राहत वितरण गर्ने जनप्रतिनिधी



हाम्रो इकोनोमि

 

चोहर्वा ( सिरहा ) ढिलै भएपनि सिरहाको नरहा गाउँपालिकाले राहत वितरण सुरु गरेको छ । गाउँपालिका प्रमुख रामशरण यादवले राहत वितरणमा ढिलाई गरेपछि नरहा वडा नं. ३ का अध्यक्ष अनिशुल अनसारीले तत्काल राहत वितरण गर्न दबाव दिएपछि प्रमुख यादव राहत वितरण गर्न वाध्य भएका हुन् । लकडाउन लागु भएको करिव ५० दिन वित्दै गर्दा सिरहाको नरहा गाउँपालिकाले अहिले ८० लाख रुपैयाँ बराबरको राहत वितरण थालेको छ । पर घरधुरी २५ किलो चामल , ५ किलो आलु , १ लिटर खाने तेल र १ किलो नुनका दरले राहत वितरण सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

नरहामा राहत वितरण गर्दै गर्दा एउटा नयाँ समाचार के छ भने नरहा वडा नं. ३ का तिनै वडाध्यक्ष अनिशुल अनसारी नेपालमै सबैभन्दा बढि राहत वितरण गर्ने जनप्रतिनिधीका रुपमा विश्व नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको लिष्टमा दर्ज भएकाछन् । वडाध्यक्ष अनसारीले ८५० घरधुरी गरिव र विपन्नलाई राहत वितरण गरेर नेपालमै बढि राहत वितरण गर्ने वडाध्यक्ष घोषित भएका हुन् ।

लकडाउनपछि अनसारीलाई बिश्व स्वास्थ्य सगंठनले पनि सम्मान गर्ने भएको छ । नरहा गाउँपलिका वडा नम्बर ३ मा गएको सोमवारबाट देखी बुधवारसम्म राहत वितरण गरिएको छ । वडाध्यक्ष अनिशुल अनसारीका अनुसार यस वडामा ८५० घरधुरी भन्दा बढि विपन्न परिवारलाई राहत वितरण गरियो । यस वडामा सबै भन्दा बढि दलित र मुस्लिम समुदायको जनघनत्व रहेको पनि वडाध्यक्ष अनसारीले बताए । गाउँपालिकाभरी वडानम्बर ३ का वडाध्यक्ष अनसारी जनप्रिय प्रतिनिधीका रुपमा परिचित छन् । अनसारी जनता समाजवादी दलका नेता पुर्वसञ्चारमन्त्री राजकिशोर यादव निकट मानिन्छन् । यसपटक उनि गाउँपालिका प्रमुखका दावेदार पनि हुन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...