मेयर महतोले एकै दिन गरे तीन ओटा ईनारको शिलान्यास



हाम्रो इकोनोमि

 

४४ ओटा कलकारखाना र आवस्यक कलकारखाना खोलेर सरकारले लकडाउन खुकुलो पार्नसाथ धनुषाको मिथिला नगरपालिकाले विकास निर्माणलाई तिब्र पारेको छ । चालु आर्थिक बर्ष सकिन लागेकाले पनि विकास निर्माणलाई तिब्र पारिएको हो । सरकारले लकडाउन खुकुलो पारेकै भोलिपल्ट मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले ३ नम्बर वडामा मात्रै एकै दिन सिँचाईका लागि निर्माण प्रारम्भ गरिएको ३ ओटा ईनारको शिलान्यास गरे ।

नगरपालिकाले २ लाख ५० हजार लागतका दरले निर्माण प्रारम्भ गरिएको ३ ओटै ईनारमा जनश्रमदान स्वरुप स्थानिय जनताले ५ प्रतिशत रकम ईनार निर्माणमा लगाउनेछन् । टण्टलापुर घाममा मेयर महतोले गरेको ईनार शिलान्याशलाई वडाध्यक्ष देव नारायण महतोले साथ दिएका थिए भने स्थानिय भद्रभलाद्मी र बुढापाखा अनि महिलाहरुको पनि उपस्थिती थियो ।

सामाजिक दुरी कायम गरिएर ईनार शिलान्यास गरिएको थियो । चालु आर्थिक बर्षमा मिथिलना नगरपालिकाले सिँचाई र खानेपानीको गरि नगरपालिकाभरी १ सय ईनार निर्माण गर्ने योजना अनुसार तीन ओटा ईनारहरुको शिलान्यास गरिएको मेयर महतोले बताए । मेयर महतोले भने , सिँचाई र खानेपानीको गरि नगरपालिकाको लगानीमा एक सय ईनार बनिसकेको छ । वडाहरुको लगानीमा पनि धेरै ईनारहरु बनेकाछन् ।

प्रतिक्रिया दिनुहोस
डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...

पहिलो त्रैमासमा नबिल बैंकको नाफा सबैभन्दा बढी

  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नबिल बैंकले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा...

आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...