नेकपाले स्थायी कमिटी बैठक बुधबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने



हाम्रो इकोनोमि

 

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्थायी कमिटीको बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बुधबार (भोलि) बिहान ११ बजे बस्नेगरी स्थायी कमिटीको बैठक बोलाइएको एक नेताले जानकारी दिए ।

यसअघि बैठक माग गर्दै २० जना स्थायी कमिटी सदस्यले अध्यक्षद्वयलाई लिखित पत्र नै पठाएका थिए । त्यसपछि गत वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले २५ वैशाखका लागि स्थायी कमिटी बैठक बोलाएको थियो । तर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डाको सल्लाहमा प्रस्ताव तयार गर्न नभ्याएको भन्दै अन्तिम घडीमा स्थगित गरिएको थियो।

नेकपाको विधानमा तीन महिनाको अन्तरमा बैठक बस्नुपर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...