वडासदस्य रम्बा साह बने ७ नं.को कार्यवाहक वडाध्यक्ष



हाम्रो इकोनोमि

 

धनुषाको मिथिला नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष युवराज उप्रेतीको आकाश्मित निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा यसै वडाका वडासदस्य रामो साह तेली ( रम्बा )लाई कार्यवाहक वडाध्यक्षको कार्याभार दिईएको छ । गएको आईतवार बसेको मिथिला नगर कार्यापालिकाको बैठकले ऐन अनुसार जेष्ठताको आधारमा साहलाई कार्यावाहक अध्यक्षको जिम्मेवारी दिएको नगरप्रमुख रिनारायण महतोले बताए ।

गएको बैशाख १६ गते हृदयघातका कारण वडाध्यक्ष उप्रेतीको आकाश्मिक निधन भएको थियो । उप्रेती तत्कालिन एमाओवादी केन्द्रवाट वडाध्यक्षको उमेदवार बनेका थिए भने रम्बा तत्कालिन नेकपा एमालेबाट सदस्यको उमेदवार बनेर विजय भएका थिए । उप्रेतीले सुरु गरेको विकास अभियानलाई पुरा गर्ने वाचा साहल गरे । जनतामा आधारित मोडेलमा गाउँको विकास गर्न सुझाव दिदै नव नियुक्त कार्यावाहक अध्यक्ष साहलाई स्थानियवासी नेपाल पत्रकार महासँघका केन्द्रीय पार्षद तथा सतरुढ नेकपा निकट प्रेस सगंठन नेपालका केन्द्रीय सदस्य सन्तोष बराइलीले कार्यकाल सफलताको शुभकामना दिएकाछन् ।

प्रतिक्रिया दिनुहोस
डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...

पहिलो त्रैमासमा नबिल बैंकको नाफा सबैभन्दा बढी

  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नबिल बैंकले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा...

आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...