प्रधानमन्त्रीलाई भीम रावलको प्रश्न,‘खै तपाइको राष्ट्रवाद’ ?



हाम्रो इकोनोमि

 

नेकपाका नेता तथा स्थायी कमिटी सदस्य भिम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादमाथि प्रश्न उठाउनु भएको छ । नाकाबन्दीको समयमा देखाएको राष्ट्रवादलाई हेरेर नेकपालाई जनताले दुइतिहाई नजिक मत दिएपनि अहिले आएर प्रधानमन्त्रीको राष्ट्रवादले जनताले झुक्किएको महशुस गरिरहेको बताउनुभयो ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहशमा पत्रकार ऋषि धमलासँग कुरागर्दै रावलले देशको नक्सा समेत सार्वजनिक गर्न नसक्ने नेतृत्वले राष्ट्रवादको कुरा गर्न नसुहाउने बताउनुभयो । उहाँले जतिबेला भारतले सड्क उद्घाटन गरेको खबर आयो, त्यही समयमा सरकारले भारतीय रादूतलाई बोलाएर कुटनीति नोट जारी गर्न नसक्नु सरकारको ठूलो कम्जोरी भएको बताउनुभयो ।

सीमा मिचिएको जस्तो गम्भिर विषयमा हाम्रो राजनीतिक नेतृत्व समेत सहि ढंगले उत्रन नसकेको भन्दै रावलले अहिले सम्म सीमाका विषयमा भारतमा रहेका नेपाली राजदुत र सम्बन्धि जिल्लाको सिडियोलाई समेत बर्तमान सरकारले के भएको हो भनेर सोध्ने काम समेत नगरेकाले सरकार भारतसँग कहि न कहि चुकेको देखिएको बताउनुभयो ।

उहाँले एउटा देशको नक्सा सार्वजनिक गर्न नसक्ने सरकारले कालापानीमा गएर सडक रोक्न सक्ने सम्भावना नहुने भन्दै यस्तो समयमा चुइक्क समेत बोल्न नसक्ने प्रधानमन्त्रीलाई राष्ट्रवादी भनेर कसरी भन्ने भन्दै प्रश्न गर्नुभयो । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग हो भन्ने सवै प्रमाण प्रधानमन्त्रीसँग भएको रावलको दावी छ ।

रावलले भन्नुभयो,‘नेपाल भारत वा नेपाल चीनसंगको सम्बन्ध कस्तो छ भन्ने कुरा व्यवहारले देखाउने छ । अन्तराष्ट्रीय  सम्बन्ध समितिले पर्खाल लगाउ कि काँडेतार लगाउ भनेर सुझाव दिइसकेको छ । सांसदहरुलाई दिएको रकम सीमा पालमुनि बसेका सुरक्षा कर्मीको सुरक्षामा लगाउनु पर्ने उहाँको धारणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...