नेकपा कैलालीका अध्यक्ष र समन्वय प्रमुखको टोली मदिराले मातिदा वडाध्याक्ष घाइते



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी नेकपा कैलालीका अध्यक्ष रतन थापाले अत्याधिक मदिरासेवन गराएपछि टिकापुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष गंगाराम आचार्य  घाईते भएका छन् । लकडाउनलाई बेवास्ता गर्दै कैलाली निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा क का प्रदेश सभाका सांसद समेत रहेका थापा र जिल्ला समन्वय समिति कैलालीका प्रमुख सुर्यथापा सहित वडाध्यक्षले अत्याधिक मदिरा सेवन गरेपछि गंगाराम आचार्य घरजाने क्रममा नालीमा खसेर बायाँ करङ भाँचिएको छ ।

गुट विस्तार गर्ने भन्दै लकडाउनको वेवास्ता गर्दै जिल्ला अध्यक्ष थापा र समन्वय प्रमुख थापा सहितको टोलीले विजयनगर शिविरस्थित कर्ण चौधरीको पसलमा मदिरा सेवन गर्न पुगेको बुझीएको छ । श्रोतका अनुसार टीकापुर नगरपालिका वडा नं।–२ का वडाध्यक्ष प्रकाश बुढाथोकीसँगै मदिरा पिउन बसेका वडाध्यक्षद्वय बीच लकडाउनका कारण प्रभावित अति विपन्न वर्गलाई वितरण गरेपछि राहत बितरणका विषयमा विवाद भएपछि वडाध्यक्ष बुढा र आचार्यबीच भनाभन पनि भएको जानकारी प्राप्त भएको छ ।

उनीहरूबीच विवाद चर्किन थालेपछि वडाध्यक्ष बुढाथोकीलाई एक समूहले घरतर्फ लगाएको थियो । होटल सञ्चालक चौधरी स्थानीय बडघर समेत हुन् । चौधरीकी श्रीमतीका अनुसार नेकपा जिल्ला अध्यक्ष रतन थपाको सहित आचार्यको टोलीले पाँच लिटरको एक जर्किन मौवाको रक्सीसहित १ बोत्तल सिलप्याक सिध्याएका थिए ।

समाचार श्रोतका अनुसार वडाध्यक्ष घर आउने क्रममा नालीमा खसेपछि सामुदायिक वनसँग संलग्न राजीपुरकै एक स्थानीय व्यक्तिले उनलाई उद्दार गरेको बताइएको छ । लकडाउनका बखत मदिरा सेवन गर्न टिकापुर पुगेका दुई थापा बन्धु र उनको टोलीको गल्तीलाई ढाकछोप गर्न एक समूह अहिले सक्रिय बनेको  छ ।

श्रोतका अनुसार अध्यक्ष थापाले वडाध्यक्ष सहितलाई बोलाएर आफ्नो  गुटमा लाग्नलागि मदिरा सेवन गराएको बुझिएको छ । पार्टीको जिल्ला कमिटी देखि स्थानीय कमिटीमा अल्पमतमा रहेका थापा लकडाउनका बेला विभिन्न प्रलोभन तथा मदिरा सेवन गराएर आफुलाई सहयोग गर्न भन्दै जिल्ला दौडाहमा निस्केका छन् ।

थापाको यस अघि एक महिला संग अनैतिक संवाद गरेको  अडियो सार्वजनिक भएको थियो । बेला बेला बिवादमा आईरहने थापालाई कारवाहीको माँग गर्दै पार्टीको प्रदेश कमिटीमा निवेदन परेको  भए पनि उनी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओलीको विशेष पात्र भन्दै कसैले कार्वाही गर्न नसक्ने बताउँदै आएका छन् । साईपलन्युजबाट

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...