भारत र चीन मिलेर लिपुलेक खाए : प्रचण्ड



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिपुलेकको सीमा विवादमा चीन पनि संलग्न भएको बताएका छन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नेपाल र भारतबीच लिम्पियाधुरामा रहेको सीमा विवाद अब भारतसँग मात्र छलफल गरेर समाधान नहुने बताएका हुन् ।

सुगौली सन्धिअनुसार लिम्पियाधुरा कालीनदीको मुहान हो, कालीनदीको सम्पूर्ण पूर्वनेपाल हो पश्चिम भारत हो भन्न्ने कुरा स्पष्ट पार्दै यो समस्या समाधानको निम्ति राजनीतिक कुटनीतिक हल गर्नुपर्छ जे भनेको थियो’ प्रचण्डले भने ‘लिपुलेक प्रकरणपछि यो त्रिदेशीय जस्तो बन्न गएको छ । यो दुईवटा देशले मात्रै हल गरेर पनि अब अप्ठेरो छ । त्यहाँ चीन पनि संलग्न भएको छ, भारत चीनको सम्झौता सहमति भएको हुनाले ।’

भारत र चीनबीच लिपुलेक हुँदै ब्यापार विस्तार गर्ने विषयमा २०७२ सालमा समझदारी भएको थियो ।

भारतले नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेपछि गतवर्ष नै गरिएको सर्वदलीय र सर्वपक्षीय बैठकले राष्ट्रिय सहमतिको वातावरण निर्माण गरेको भन्दै प्रचण्डले त्यो बैठकले प्रधानमन्त्रीलाई ठूलो तागत दिए पनि ठोस रुपमा पहल हुन नसकेको बताए ।

सीमा मिचिएको विषयमा नेपालले भारतलाई हालै पत्र पठाउनु उचित भन्दै उनले पत्रले मात्र नपुग्ने धारणा राखे ।

‘उक्त लेटर नीतिगत रुपमा, सैद्धान्तिक रुपमा, भावनात्मक रुपमा पनि ठीक नै छ । त्यो लेटरमा जो ओरेन्टेसन दिइएको छ त्यो बेठीक छैन’ उनले भने ‘तर लेटर मात्रै ठीक भएर भएन । त्यो एक्सन पनि ठीक हुनुपर्‍यो भन्ने माननीय सदस्यहरुको भावना विलकुल सही नै छ ।’

अध्यक्ष प्रचण्डले सीमा विवादको विषय अहिले नै अन्तर्राष्ट्रिय अदालतमा लैजाने विषयमा भने एकपटक सोच्नुपर्ने बताए ।

कालापानीमा भारतीय सेना झण्डै ६०/६५ वर्ष पहिल्यैदेखि बसिराखे पनि यो समस्या समाधानका लागि किन विगतदेखि नै पहल हुन सकेन भन्ने विषयमा विश्लेषण हुनुपर्ने प्रचण्डले बताए । यस विषयमा पञ्चायतको पालादेखि अहिलेको सरकारसम्मले के गरे भन्ने पनि समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
९९ केन्द्रीय सदस्यका लागि रास्वपाको ३८४ जना उम्मेदवार

    रास्वपाको केन्द्रीय सदस्यको लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । महाधिवेशन...

रास्वपा महाधिवेशन : भोट हाल्न एकजनालाई १० मिनेट लाग्ने

    रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जारी महाधिवेशनमा मतदान सुरु हुन अझै दुई...

असार २० गतेसम्म कांग्रेसको क्रियाशील सदस्य नवीकरण गर्न पाईने

    नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापन तथा अद्यावधिकको लागि नयाँ कार्यतालिका ल्याएको...

रास्वपाको सभापतिमा लामिछाने निर्विरोध, केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेदवारी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन्...