तातोपानी नाकाबाट अवैध सामान ओसार्ने सिल्क ट्रान्सपोर्ट अनुसन्धानको घेरामा



हाम्रो इकोनोमि

 

तातोपानी नाकामा सिल्क ट्रान्सपोर्टको नाममा सुन लगायतका अवैध सामान निर्वाध ढुवानी हुन थालेपछि केन्द्रीय प्रहरी ब्यूरो सिआईमा पनि उजुरी परेको छ । स्थानीय ब्यक्तिहरुले सिआईबीमा पुगेर यस बिषयमा अनुसन्धानका लागि ध्यानाकर्षण गराएका थिए ।

स्थानीय प्रहरी प्रशासनकै सहयोगमा अवैध सामान आयात हुन थालेपछि चर्को बिरोध भएको थियो । बिरोधका क्रममा स्थानीय जनप्रतिनिधिहरुले पनि यस प्रकारका सामान हाल चेकजाँच नगरी नेपाल नल्याउन आग्रह गरेका थिए । तर, यस बिषयमा कुनै सुनवाई भएको छैन । लकडाउनका बेला सहज आयात हुनुपर्ने तातोपानी नाकामा अहिले तस्करका कारण तनाव सिर्जना भएको लामो समय भएको छ । खुल्ला प्रतिश्पर्धा भएपनि सिल्क ट्रान्सपोर्टका नाममा एकलौटी सामान ढुवानी हुन थालेपछि तनाव सिर्जना हुन थालेको हो ।

पटक पटक सुन कारोवारमा संलग्न पाईएका बाह्रविसे नगरपालिका ५ गातीका रमेश शेर्पाको स्वामित्वमा रहेको यो ट्रान्सपोर्टले तस्करीको सामान ढुवानी गरिरहेका कारण स्थानीय अवरोधसमेत गरेका थिए । तर, स्थानीय प्रहरी,प्रशासनलाई प्रभावमा पारेर ती गाडीहरु चेकजाँचसमेत नभएपछि स्थानीय पनि आक्रोशित भएका छन् । अहिले नेपाल आइरहेको सामान सबै सिल्क ट्रान्सपोर्टले ल्याइरहेको छ । चिनियाँ मुसा भन्ने कम्पनी र बाह्रविसे नगरपालिकाका रमेश शेर्पासहित केहि नेपालीको आधा लगानी रहेको सो ट्रान्सपोर्टका दुईसमय धेरै कन्टेनर छन् । अहिले नेपालमा ल्याइने सबै सामान ढुवानी गर्ने काम सबै यहि कम्पनीको एकलौटी छ ।

कन्टेनरहरु अहिले रातारात नेपालतर्फ सामान ल्याउन प्रहरीकै स्कर्टीङमा लागिपरेका छन् । अत्यावश्यक र आवश्यक सामान ल्याउन छुट सरकारले दिएको अवसरको फाइदा उठाउँदै सूनको तस्करी व्यापक भइरहेको जानकारहरु बताउँछन् । यी सामानहरु तिव्वतमा वा खासामा मात्र सेटीङ भएर आउने नभइ ग्वानजाओबाटै सेटीङ भएर आउनेब्यसायीहरु बताउँछन् । को हुन् रमेश शेर्पा ? केही समय अघिसम्म सामान्य झोलेपोके काम गर्ने साविक गाती गाविसका रमेश शेर्पा सामान्य परिवारमा जन्मेका मानिस हुन् । रमेशको अहिलेको आर्थिक अवस्था देख्नेहरु जो कोही पनि जिभ्रो टोक्ने गर्दछन् ।

सामान्य ब्यवसायी रमेशको अहिले काठमाडौ जोरपाटीमा तीन रोपनी जग्गामा आलिशान महल छ । महलभित्रै स्वीमिङपूल रहेको घरमा भूमिगत गोदाम रहेको शंका गर्नेहरु धेरै छन् । चीन बाट भारत सुन तस्करी गर्ने रमेशको सामान तीन पटक भारतमा समेत पक्राउ परेको थियो । भारतको सिलगुढीमा रमेशमा भिनाजू १६ केजी अवैध सुनसहित पक्राउ परेका थिए । त्यस्तै काठमाडौंको महाबौद्धमा पनि उनको भिनाजूको दाई २० केजी सुनसहित पक्राउ परेका थिए । उनीहरु तीन महिना जेल बसेर निस्किएका थिए ।

हुण्डी कारोवारमा पनि नेपाल प्रहरीले रमेशलाई खोजी गरेपनि उनका कामदारहरुमात्र पक्राउ परेका छन् । नेपालका बिभिन्न स्थानमा पक्राउ परेको सुनमा पनि रमेशकै नाम जोडिने गरेको छ । तर, उनी पहुँचका भरमा नसमातिने र भरियामात्र पक्राउ पर्ने गरेको जानकारहरु बताउँछन् । भोटकोशी गाउँपालिको तातोपानी नाका नजिकै निर्माण भईरहेको १६ दमलवल २६ क्षमताको हिमरिभर हाईड्रोमा दश करोडको शेयर लगानी गरेका शेर्पाको अबैध ब्यवसायका कारण करोडौंको आम्दानी भएको उनको निकटहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...