अब सचिवालय विघटन हुनुपर्छ : जनार्दन शर्मा



हाम्रो इकोनोमि

 

स्थायी कमिटीको बैठक माग गर्ने २० नेता मध्येका एक जनार्दन शर्माले नेकपाको सचिवालयमा स्वार्थहरुको गठजोड भएकाले अब सचिवालय विघटन हुनुपर्ने माग गरे । सचिवालय विघटन गरेर सबै अधिकार स्थायी कमिटीमा ल्याउन पहलसमेत थालिने शर्माले बताए ।

‘यो सचिवालयले अब काम गर्न, निर्णय गर्न सक्दैन, यो असक्षम भइसक्यो । अब सबै निर्णय स्थायी समितिबाट हुनुपर्छ । सचिवालय विघटन हुनुपर्छ’ शर्माले भने, ‘यहाँ प्रहसन मात्रै गर्ने भए । कम्युनिस्ट पार्टीको सचिवालयमा प्रहसन भइरहेको छ, यो प्रहसन बन्द गर्नुपर्छ । अब स्थायी समितिबाटै सबै निर्णय गर्ने गरियो भने समस्या समाधान हुन्छ ।’

सचिवालयका नेताहरु स्वार्थको गठजोडमा मात्रै लागेको र जनताको समस्यामा ध्यान नदिएको शर्माको आरोप छ । उनी भन्छन्, ‘सचिवालयमा स्वार्थहरुको गठजोड छ । पार्टी, जनता र आन्दोलनप्रति चिन्ता गर्ने भन्दा पनि स्वार्थहरुको गठजोड भएको हुनाले कोही कहिले भाग्ने, कोही कहिले कता लाग्ने भइराखेको छ । यो प्रहसन अब सैह्य हुँदैन ।’

प्रचण्ड निकट नेता शर्माले अगाडि भने, ‘अब सचिवालय विघटन गरी स्थायी समितिमा सबै अधिकार राखेर स्थायी समितिले निर्णय गर्ने परिपाटी अब हामी मिलाउँछौं । हामी अब त्यसको पहल गर्छौं । अब जानैपर्ने त्यतै हो ।’

प्रतिक्रिया दिनुहोस
डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...

पहिलो त्रैमासमा नबिल बैंकको नाफा सबैभन्दा बढी

  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नबिल बैंकले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा...

आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...