वामदेव गौतमले भने – अब म पनि गुट बनाउँछु



हाम्रो इकोनोमि

 

सचिवालय बैठकमा बुधबार उपाध्यक्ष वामदेव गौतमले गुट नभएसम्म बलियो नभइँदो रहेछ भन्ने सन्देश मिलेको बताएका थिए । उनले गुट भएपछि मात्रै नेता पनि बलियो हुँदा रहेछन् भनेर कटाक्ष गरेका थिए । ‘तपाईंहरू सबैको आआफ्नो गुट छ, बलियो हुनुहुन्छ,’ गौतमको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘म पनि अब एउटा छुट्टै गुट बनाउँछु ।’ बैठकमा गौतमले छुट्टाछुट्टै गुटबन्दी गरेर नेताहरूले ठीक नगरेको प्रतिक्रिया दिएका थिए । गौतम पछिल्लो समय नेकपा सचिवालयमा कहिले ओली र कहिले दाहाल गुटमा यता र उता गरिरहेका छन् । गत शनिबारको सचिवालय बैठकपछि ओली गुटमा मिसिएका गौतमले बिहीबार आफूलाई तटस्थ नेताका रूपमा व्याख्या गरेका थिए ।

पार्टी एकीकरणका लागि सबैले आत्मालोचना गरेर अघि बढ्ने र एक व्यक्ति एक मुख्य जिम्मेवारीको पुरानो समझदारीलाई ब्युँताउने सहमतिको बुझाइमै नेताहरूबीच तालमेल नभएपछि नेकपाको विवाद फेरि लम्बिएको छ । नेकपा सचिवालयको गत शनिबार बसेको बैठकमा पार्टीलाई विधि र पद्धतिबाट अघि बढाउने सहमति गर्दै बिहीबारका लागि स्थायी कमिटी बैठक डाक्ने निर्णय भएको थियो । तर यी चार दिनमा विषय समाधानतिर जानुको साटो झन् विवादोन्मुख भएको छ ।

सचिवालयको बुधबारको बैठकको सुरुमा भनाइ राखेका प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले अहिले कुनै एजेन्डा पनि नभएकाले स्थायी कमिटी बैठक बोलाइरहन आवश्यक नभएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...