प्रभु साहले भने– ठेक्का लिएर काम नगर्नेलाई कडा कारवाही गर



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभ साहले सडकको निर्माण लिएर कार्य नगर्ने ठेकेदारलाई कारवाही गर्न सरकारसंग माग गरेका छन् ।

सडक निर्माणको ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई उपभोक्ताको क्षतिपुर्ति सहित सार्वजनिक अपराधमा कानून अनुसार कारवाही गर्न उनले गृह प्रशासनसंग माग गरेका हुन् ।

समाजिक सञ्जाल फेसबुक पेजमार्फत आज उनले गैरजिम्मेवार ठेकेदारलाई कारवाही गर्नुपर्ने माग गरेका हुन् । सडक अवरुद्ध पारी निर्माण कार्य नै अलपत्र पार्ने त्यस्ता ठेकेदारलाई कानून अनुसार कडा कारवाही गर्नुपर्ने माग उनले गरेका छन् ।

‘नेपालको नियम कानुनअनुसार बाटोलाई सुचारू राखेर निर्माण कार्य गर्नुपर्नेमा बाटोलाई अवरुद्ध पारी निर्माण कार्य अलपत्र छाड्नुलाई सामान्य अपराध भन्न मिल्दैन’ साहले भने, ‘यस्तो ठेकेदारलाई उपभोक्ताको क्षतिपूर्ति सहित सार्वजनिक अपराधमा कानुनअनुसार कारवाही गर्न गृह प्रशासन संग जोडदार मांग गर्दछु ।’

तराई मधेसका जिल्लाहरुमा सडक निर्माणको ठेक्का लिएर सडक नै अवरुद्ध पारी निर्माण कार्य अलपत्र छोडिएकोमा त्यसबाट समस्या सृजना भएको दुखेसो गरेका छन् । अहिले बेमौसमी पानी परिरहेकाले उपभोक्तालाई थप समस्या परिरहेको उनले बताए ।

‘सुचारु सडकको स्तरोनतीको ठेक्का पाएका कतिपय गैरजिम्मेवार ठेकेदारहरुको लापरवाही, सरकारी निकायको उदासीनता एवं बेमौसमी पानीले गर्दा कतिपय महत्वपूर्ण सडकमा आवत–जावत पुरै बन्द भई जनजीवन कष्टकर मात्र भएको छैन, करोडौंको क्षति समेत भईरहेको छ’ साहले भनेका छन् ।

सूचारु सडक अवरुद्ध पारी निर्माण कार्य अलपत्र छाड्ने र बेमौसमी पानीले गर्दा सर्वसधारणलाई समस्या भएकोमा उनले चिन्ता व्यक्त गर्दै त्यस्ता ठेकेदारलाई तुरुन्त करवाहीका साथै ति सडकहरुको निर्माण कार्य अगाडी बढाउँन सरकारसंग उनले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...