सहमतिबाट पछाड़ी हटने छुट कसैंलाई छैन्–प्रभु साह



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पुर्वमन्त्री प्रभु साहले पार्टी एकता जोगाउन सहमतिको बाटोमा अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

नेकपा केन्द्रिय सदस्य तथा प्रदेश नम्बर २ का अध्यक्ष रहेका नेता साहले अल्पमत बहुमतको हिसाबले पार्टी संचालन गरे पार्टी फुट्ने खतरा औंल्याएका छन् । २० बैशाखमा नेकपा स्थायी कमिटी बस्नु अघि आज सामाजिक संजाल फेसबूक मार्फत पार्टीका स्थायी कमिटी सदस्यहरूको ध्यानाकर्षण गर्दै नेता साहले पार्टी संक्रमणकालीन अवस्थामा रहेकोले अन्तरिम विधानबमोजिम सहमति मै पार्टी संचालन गर्नुपर्ने स्पष्ट पारेका छन् ।

‘नेकपा एमाले र नेकपा (माओवादी ) मिलेर बनेको नेकपाको संगठन संचानलको विधि पद्धतिबारे गम्भीर जिज्ञासा र प्रश्न उठ्ने गरेको छ । फरक–फरक विचार र विरासत बोकेको दुई पार्टी बीच भएको एकता अहिले एकीकृत विचार, संगठन र नेतृत्व निर्माणको संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ’ नेता साहले लेखेका छन, ‘संक्रमणकालीन अवस्था भनेको आफैमा संवेदनशील एवम् विशिष्ट अवस्था हो । यस्तो अवस्थामा संगठन संचालन सामान्य र परम्परागत विधिबाट सम्भव हुँदैन त्यसको लागि विशिष्ट चरित्र अनुरुपको विधि र पद्धति अवलम्बन गर्नैपर्छ ।’

दुई फरक बिचार र विरासत बोकेको पार्टी बीच एकीकरण भएपछि त्यसलाई सामान्य र परम्परागत विधिबाट सञ्चालन गर्न नसकिने बताउँदै उनले दुई अध्यक्ष बीचको सहमतीका साथै बिधि एवं पद्धतिद्धारा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

‘अहिले विवादको चुरो यहीनिर छ, एकथरीले नेकपा एउटा पार्टी भईसकेकोले विगतदेखि अभ्यास गर्दै आएको अल्पमत र बहुमतसहितको परम्परागत विधिको माग गर्ने यथास्थितिवादी पक्षधर छ’ साहले लेखेका छन्, ‘अर्को, नेकपा एउटा पार्टी भए पनि नेतृत्व, विचार र संगठनमा अलग अलग अस्तित्व कायम रहेको र त्यसको व्यवस्थापन अन्तरिम विधानले महाधिवेशनसम्म गर्ने भनेकोले तत्काल पार्टी संचालन दुई पक्षको सहमतिमा चल्ने विधिलाई नै सही र वस्तुवादी भन्ने पक्षधर छ ।’

पार्टीले अहिले अन्तरिम विधानको परिकल्पना र अपानिलाई आत्मसात गर्दै आपसी सद्भाव, समझदारी एवं सहमतिबाट अगाडि बढनु नै उचित हुने सुझाव उनले दिएका छन् । पार्टी भित्रकै केहि पुरातन यथास्थितिवादी नेताहरुले मुल नेतृत्वलाई प्रभावमा पारी आन्तरिक विवाद निवारणका लागी गलत ढंगले पार्टीको विभिन्न कमिटी लगायत संसदीय दलमा समेत अल्पमत र बहुमतको परम्परागत अंकगणितीय विधिबाट निर्णय लिन उत्प्रेरित गरिएकोमा उनले सहमतीमै जोड दिएका छन् ।

आम जनभावना तथा पार्टी एकताको मुल मर्म र भावना विपरीत नगाई पार्टी स्थायी कमिटीको बैठक अघि त्यसका सदस्यलाई सोही अनुसार अगाडी बढनुपर्नेमा ध्यानाकर्षण गराएका छन् ।

२५ बैशाखमा स्थायी कमिटी र २४ बैशाखमा सचिवालय कमिटी बैठक बस्दै छ । नेकपामा अहिले सत्तासंघर्ष शुरु भएपछि त्यसलाई सहमतीकै आधारमा टुंगो लगाउँदै मिलेर अगाडी बढनुको बिकल्प नभएको उनले सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...