अमेरिकामा मृतकको संख्या ७१ हजार नाघ्यो



हाम्रो इकोनोमि

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस कोरोना टास्क फोर्स खारेज गर्ने बताएका छन् । अहिलेको टास्क फोर्सले राम्रो काम गरेको बताउँदै उनले अब त्यसमा परिवर्तन आवश्यक रहेको बताए ।

अमेरिकामा कोरोना संक्रमण फैलिँदै गएपछि त्यसविरुद्ध लड्न ट्रम्प प्रशासनले उपराष्ट्रपति माइक पेन्सको नेतृत्वमा कोरोना टास्क फोर्स बनाएको थियो । उपराष्ट्रपति पेन्सले पनि केही हप्ताभित्रै टास्कफोर्स खारेज हुने बताएका छन् ।

हाल अमेरिकामा दैनिक औसत २० हजार जनामा कोरोना संक्रमित थपिइरहेका छन् भने दैनिक औसत १ हजार जनाको मृत्यु भइरहेको छ । अमेरिकामा अहिले १२ लाख ३ हजार ५ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७१ हजार २२ जनाको मृत्यु भएको छ ।

कोरोना टास्क फोर्स खारेजको विषयमा पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले कोरोनाविरुद्धको लडाइँ भने अझै नसकिएको बताए । उनले भने, ‘मिसन त्यतिबेला पूरा हुन्छ, जतिबेला कोरोना सकिन्छ ।’

अमेरिकाले अब अर्थ व्यवस्था उकास्ने काम गर्न अर्को टास्क फोर्स बनाउने तयारी गरेको छ र त्यसको नेतृत्व ट्रम्पका ज्वाइँलाई दिने तयारी भइरहेको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि धेरै देशहरुले लकडाउन गरे पनि अमेरिकाले गरेको छैन । ट्रम्पका आलोचकले अर्थतन्त्र खुला गर्ने नाममा नागरिकको जीवन जोखिममा पारेको बताउँदै आएका छन् । ट्रम्पले भने अमेरिकालाई अझै पाँच वर्षसम्म बन्द गर्न नसकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...