अमेरिकामा मृतकको संख्या ७१ हजार नाघ्यो



हाम्रो इकोनोमि

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस कोरोना टास्क फोर्स खारेज गर्ने बताएका छन् । अहिलेको टास्क फोर्सले राम्रो काम गरेको बताउँदै उनले अब त्यसमा परिवर्तन आवश्यक रहेको बताए ।

अमेरिकामा कोरोना संक्रमण फैलिँदै गएपछि त्यसविरुद्ध लड्न ट्रम्प प्रशासनले उपराष्ट्रपति माइक पेन्सको नेतृत्वमा कोरोना टास्क फोर्स बनाएको थियो । उपराष्ट्रपति पेन्सले पनि केही हप्ताभित्रै टास्कफोर्स खारेज हुने बताएका छन् ।

हाल अमेरिकामा दैनिक औसत २० हजार जनामा कोरोना संक्रमित थपिइरहेका छन् भने दैनिक औसत १ हजार जनाको मृत्यु भइरहेको छ । अमेरिकामा अहिले १२ लाख ३ हजार ५ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ७१ हजार २२ जनाको मृत्यु भएको छ ।

कोरोना टास्क फोर्स खारेजको विषयमा पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले कोरोनाविरुद्धको लडाइँ भने अझै नसकिएको बताए । उनले भने, ‘मिसन त्यतिबेला पूरा हुन्छ, जतिबेला कोरोना सकिन्छ ।’

अमेरिकाले अब अर्थ व्यवस्था उकास्ने काम गर्न अर्को टास्क फोर्स बनाउने तयारी गरेको छ र त्यसको नेतृत्व ट्रम्पका ज्वाइँलाई दिने तयारी भइरहेको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि धेरै देशहरुले लकडाउन गरे पनि अमेरिकाले गरेको छैन । ट्रम्पका आलोचकले अर्थतन्त्र खुला गर्ने नाममा नागरिकको जीवन जोखिममा पारेको बताउँदै आएका छन् । ट्रम्पले भने अमेरिकालाई अझै पाँच वर्षसम्म बन्द गर्न नसकिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...