प्रियंकाको गम्भीर खुलासा : निक जोनस भन्दा पहिले नै बिबाह भएको तस्विर बाहिरियो



हाम्रो इकोनोमि

 

प्रियंका चोपडा सबैलाई मनपर्ने अभिनेत्री हुन् । अहिले चोपडाका बारेमा एक नयाँ गम्भीर खुलासा भएको छ । उनकै एक फ्यानले यस्तो अच्चमलाग्दो खबर बाहिर ल्याएकी हुन् । प्रियंका चोपडाको जाबरा फ्यानको यो कुरा सुन्नुहोस् जसले यसो भनिरहेका छन् कि उनले सन् २०१४ मा प्रियंकासँग विवाह गरे । उनले यसको एउटा तस्वीर पनि सेयर गरेका छन् ।

वास्तवमा, ब्रान्डन शुस्टर नामको व्यक्तिले प्रियंका चोपडाको बारेमा एउटा ट्वीट गरेका हुन् । जसमा उनले प्रियंकासँग विवाह गरेको दावा गरेका छन् । ब्रान्डनको यो पोष्ट अमेरिकी अभिनेत्री क्रिसी टेगेनले ट्विटरमा साझा गरेकी छिन् । ब्रान्डनले ट्वीट गरे, ‘ २०१४ मा मैले प्रियंका चोपड़ासँग विवाह गरें ।

ताम्पामा आयोजित एक कार्यक्रममा उनलाई स्वागत गर्न मैले उनलाई दुई फूल माला लगाईदिए । मलाई थाहा थिएन कि यो भारतीय सभ्यतामा विवाहको प्रतीक हो । यसपछि भारतीय मिडियामा हलचल मच्चियो । म अर्को दिन विशेष साक्षात्कार दिदै थिए ।’

 

ब्रान्डनले यस ट्वीटको साथ प्रियंका चोपडाको तस्वीर साझा गरे । यस फोटोमा प्रियंकाको घाँटीमा फूलको हार देखिएको छ र उनी ब्रान्डन हाँस्दै कुरा गर्दैछिन्। ती दुबैलाई देखेर त्यहाँ उभिएका अन्य मानिसहरू पनि हाँसिरहेका छन् । प्रियंका चोपडाले २०१८ मा निक जोनससँग विवाह गरेकी छिन् ।

यो विवाह संसारभर चर्चामा रह्यो । विवाहको लागि एउटा धेरै ठूलो कार्यक्रम आयोजना गरिएको थियो, जसमा धेरै ठूला व्यक्तित्वहरू उपस्थित थिए । ब्रान्डनले गरेको दावी सत्य हो या झुट्टा यो भने पुष्टि भएको छैन । जे भएपनि अहिले यो समाचारले विश्वभरी निक्कै हलचल मच्चिएको छ ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...