रेमिट्यान्स र विदेशी सहयोग आँउदैन, त्यसको विकल्प खोजनुर्पछ : पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे



हाम्रो इकोनोमि

 

पूर्वअर्थमन्त्री तथा नेकपा नेता सुरेन्द्र पाण्डेले आउँदो आर्थिक वर्षमा पूरा हुने योजनामा मात्र बजेट विनियोजन गर्न सुझाव दिए । प्रधानमन्त्री रोजगार कार्यक्रम र अन्य अनुदानका कार्यक्रम खारेज गरेर रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम ल्याउन सुझाव दिए ।

‘प्रधानमन्त्री रोजगार कार्यक्रमको पैसा रोड बढारेर रकम सकियो । कृषिमा दिएको अनुदानको दुरुपयोग भइरहेको छ’ उनले भने, ‘यस्ता कार्यक्रम खारेज गरौं, सबै रकम एक ठाउँमा हालौं र बैंकिङ प्रणालीमार्फत कारोबार गर्ने गरी प्रतिफल लिन सकिने योजना ल्याऔं ।’

पाण्डेले रेमिट्यान्स र विदेशी सहयोग आउने सम्भावना कम भएकाले अब अर्थतन्त्रमा त्यसको विकल्प खोज्नुपर्ने सुझाव दिए । ‘हाम्रो ठूलो हिस्सा रेमिट्यान्स अब घट्दै जानेछ । १७० देशको आर्थिक बृद्धि ऋणत्मक हुने प्रक्षेपण आइरहेका छन्’, उनले भने, ‘अब यसको विकल्प खोज्नुपर्छ । आफैं ऋणात्मक भएका मुलुकहरुले हामीलाई सहयोग गर्ने कुरा रहन्न ।’

उनले नेपाली युवाहरुलाई स्वदेशमै उद्यमी बन्न प्रोत्साहन गर्नुपर्ने बताए ।

पाण्डेले कर्मचारी भर्ना रोक्न, अनावश्यक कर्मचारी कटौती गर्न उपयुक्त समय भएको बताए । ‘आफैं पानी तताएर खान सकिन्छ । ड्राइभिङ आफैं जानेको हुनुपर्ने भनौं, टाइपिस्ट नराखौं, कार्यालय सहयोगी चाहिँदैन’ पाण्डेले भने, ‘जागीर खुवाउनलाई कर्मचारी राख्ने प्रवृत्ति सच्चाउने समय आएको छ ।’

बरु योग्य कर्मचारी राखेर तलब बढाउन सकिने उनको सुझाव छ । ‘बरु एक लाख तलब पुर्याइदिउँ । तलब कम भएका कारण भ्रष्टाचार गरेको भन्न नदिऔं’ पाण्डेले भने ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...