मलिन अनुहार बनाउँदै बालुवाटारबाट बाहिरिए प्रचण्ड



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष  प्रधानमन्त्री  ओलीले आत्मालोचना गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार राति बसेको केन्द्रीय सचिवालयको बैठकमा ओलीले हालसम्म भएका कामकारबाही र गल्तीहरूमा आत्मालोचना गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूले पनि आत्मालोचना गरेको श्रेष्ठले बताए ।

‘हालसम्म भएका कमीकमजोरीहरूमा प्रधानमन्त्री खड्गप्रसाद ओलीले आत्मालोचना गर्नुभएको छ’, उनले भने, ‘प्रचण्डसहितका सचिवालयका सदस्यहरूले आत्मालोचना गर्दै बैठक सकिएको छ ।

नेकपाले स्थायी समितिको बैठक बोलाउने निर्णय पनि गरेको छ । बैठक वैशाख २५ गते ११ बजे काठमाडौंमा बस्नेछ । स्थायी समितिको बैठकको तयारी र एजेण्डा तयारपार्न वैशाख २४ गते सचिवालयको बैठक ३ बजे बस्ने प्रवक्ता श्रेष्ठले बताए ।

नेकपाको केन्द्रीय सचिवालयले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको श्रेष्ठले बताए । ‘पार्टी उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधि सभामा लैजान पहल गर्ने निर्णय भएको छ’, उनले भने ।

ओलीले संसदको बैठक छिटै बोलाउन सरकारले तयारी गरिरहेको जानकारी पनि दिएका छन् । संसदको बैठक बोलाउने तयारी भइरहेका बेला आगामी बजेटको नीति तथा कार्यक्रम र बजेटमा राख्ने विषयहरूमा छलफल अगाडि बढाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

सचिवालयले पार्टीलाई विधि, पद्धति र कम्युनिस्ट मूल्यमान्यताअनुसार सञ्चालन गर्ने निर्णय गरेको छ ।

‘पार्टीको मार्गनिर्देशन र नीति निर्देशनमा काम गर्ने, आर्थिक लक्ष्य हासिल गर्ने गरेर समाजवातर्फ जाने निर्णय भएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘अबदेखि सरकार एकलौटी रुपमा जानेछैन ।’

सचिवालयको शनिबारको निर्णयसँगै ओलीको प्रधानमन्त्री र अध्यक्ष दुबै पद बचेको छ । सचिवालयको बैठकमा ओलीको जित भएको छ ।

बामदेव गौतम, विष्णु पौडेल र रामबहादुर थापाले ओलीलाई साथ दिएपछि दोस्रो तहका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको पराजय भएको छ ।

सचिवालयको बैठकमा आफूले भनेअनुसार नभएपछि अध्यक्ष प्रचण्ड बालुवाटारबाट मलिन अनुहार बनाउँदै बाहिरिएको एक नेताले बताएका छन् । वरिष्ठ नेता नेपाल पनि मलिन भएर बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...