भैंसेपाटी गठबन्धन भत्कियो, नेकपा सचिवालयमा ओलीको बहुमत



हाम्रो इकोनोमि

 

अध्यादेश प्रकरणपछि पार्टीभित्र र बाहिर आलोचित भएर राजीनामा दिने वा हटाइने अवस्थामा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली नेकपा सचिवालय बैठकको पूर्वसन्ध्यामा एकाएक आन्तरिक समीकरणमा बलियो बनेका छन् ।

प्रचण्ड–माधव नेपाल गठबन्धनमा रहेका उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री तथा सचिवालय सदस्य रामवहादुर थापा बादलको साथले ओली बहुमतमा पुगेका हुन् । यसअघि सचिवालयमा ओली अल्पमतमा थिए ।

ओली पक्षका नेकपा नेता कृष्णगोपाल श्रेष्ठले सचिवालयमा प्रधानमन्त्रीलाई बहुमत पुगेपछि हाललाई पार्टीभित्र उत्पन्न संकट मोचन भएका बताए । अब ओलीको साथमा बामदेव, बादल, ईश्वर पोखरेल र विष्णु पौडेल हुनेछन् ।

नौ सदस्यीय सचिवालयमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ चारजना अल्पमतमा पुगेका छन् । प्रचण्ड–माधव नेपाल पक्षले स्थायी कमिटी बैठकको माग गर्नेछ ।

शनिबार बिहानैदेखि ओलीले बामदेवसँग बालुवाटारमा छलफल गरेका थिए । आफू निकट अन्य नेताहरुसँग पनि छलफल गरे । महासचिव पौडेल विहानैदेखि बामदेवसँगै थिए । वामदेवलाई ओलीले कसरी कन्भिन्स गरे भन्ने खुलेको छैन ।

तर, भैंसेपाटीस्थित गौतम निवास पुगेका नेकपाका सांसदहरुसँग उनले आफू ओलीको पक्षमा उभिने बताएका थिए । गौतम उपचुनावबाट प्रतिनिधिसभामा आउने सम्भावना रहेको उनलाई भेटेका एक सांसदले बताए ।

प्रधानमन्त्रीले अहिले राजीनामा पनि नगर्ने र कहिलेसम्म बामदेवलाई प्रधानमन्त्री बनाउने भन्ने पनि खुलाइने छैन । गौतमलाई उपयुक्त समयमा उपयुक्त प्रक्रियाबाट संसदमा ल्याइने र त्यसपछि अरु विषयमा छलफल हुने ओलीनिकट नेताहरुले बताएका छन् ।

ओलीले बुधबारको बैठकमा अचानक आफूले छाडेपछि गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएदेखि उनी खुमलटार र कोटेश्वरका बैठकमा जान छाडेका छन् । यसअघि गौतम निवासमा बनेको भैंसेपाटी गठबन्धन पनि भत्किएको छ ।

गौतम ओलीतिर लागेपछिको रणनीति बनाउन प्रचण्ड माधव नेपाल पक्षको पनि अलग्गै छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...

चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...