भैंसेपाटी गठबन्धन भत्कियो, नेकपा सचिवालयमा ओलीको बहुमत



हाम्रो इकोनोमि

 

अध्यादेश प्रकरणपछि पार्टीभित्र र बाहिर आलोचित भएर राजीनामा दिने वा हटाइने अवस्थामा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली नेकपा सचिवालय बैठकको पूर्वसन्ध्यामा एकाएक आन्तरिक समीकरणमा बलियो बनेका छन् ।

प्रचण्ड–माधव नेपाल गठबन्धनमा रहेका उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री तथा सचिवालय सदस्य रामवहादुर थापा बादलको साथले ओली बहुमतमा पुगेका हुन् । यसअघि सचिवालयमा ओली अल्पमतमा थिए ।

ओली पक्षका नेकपा नेता कृष्णगोपाल श्रेष्ठले सचिवालयमा प्रधानमन्त्रीलाई बहुमत पुगेपछि हाललाई पार्टीभित्र उत्पन्न संकट मोचन भएका बताए । अब ओलीको साथमा बामदेव, बादल, ईश्वर पोखरेल र विष्णु पौडेल हुनेछन् ।

नौ सदस्यीय सचिवालयमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ चारजना अल्पमतमा पुगेका छन् । प्रचण्ड–माधव नेपाल पक्षले स्थायी कमिटी बैठकको माग गर्नेछ ।

शनिबार बिहानैदेखि ओलीले बामदेवसँग बालुवाटारमा छलफल गरेका थिए । आफू निकट अन्य नेताहरुसँग पनि छलफल गरे । महासचिव पौडेल विहानैदेखि बामदेवसँगै थिए । वामदेवलाई ओलीले कसरी कन्भिन्स गरे भन्ने खुलेको छैन ।

तर, भैंसेपाटीस्थित गौतम निवास पुगेका नेकपाका सांसदहरुसँग उनले आफू ओलीको पक्षमा उभिने बताएका थिए । गौतम उपचुनावबाट प्रतिनिधिसभामा आउने सम्भावना रहेको उनलाई भेटेका एक सांसदले बताए ।

प्रधानमन्त्रीले अहिले राजीनामा पनि नगर्ने र कहिलेसम्म बामदेवलाई प्रधानमन्त्री बनाउने भन्ने पनि खुलाइने छैन । गौतमलाई उपयुक्त समयमा उपयुक्त प्रक्रियाबाट संसदमा ल्याइने र त्यसपछि अरु विषयमा छलफल हुने ओलीनिकट नेताहरुले बताएका छन् ।

ओलीले बुधबारको बैठकमा अचानक आफूले छाडेपछि गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएदेखि उनी खुमलटार र कोटेश्वरका बैठकमा जान छाडेका छन् । यसअघि गौतम निवासमा बनेको भैंसेपाटी गठबन्धन पनि भत्किएको छ ।

गौतम ओलीतिर लागेपछिको रणनीति बनाउन प्रचण्ड माधव नेपाल पक्षको पनि अलग्गै छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...