प्रचण्डलाई ओलीको प्रस्ताव : म पाँचै वर्ष प्रधानमन्त्री, तपाईं एकलौटी अध्यक्ष, आउट भए नेपाल – गौतम



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओलीले एकलौटी रुपमा कार्यकारी अध्यक्ष चलाउन आग्रह गर्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष आफूलाई पाँचै वर्ष कार्यकाल दिन आग्रह गरेका छन् । सचिवालय बस्न अघिल्लो दिन शुक्रबार प्रधानमन्त्री प्रचण्डसँग अत्यन्तै नम्र भएर त्यस्तो आग्रह गरेका थिए । प्रधामन्त्री ओलीसँगको भेटघाटपछि प्रचण्डले वरिष्ठ नेता माधव कुमार नेपालसहितको समूहका स्थायी कमिटीका सदस्यहरुलाई त्यस्तो जानकारी गराएका थिए । कोटेश्वरको उक्त सामूहिक छलफलमा प्रचण्डले भने– ‘तपाईंले एकलौटी रुपमा कार्यकारी अध्यक्ष चलाउनुस् ।

मलाई पाँचै वर्ष कार्यकाल प्रधानमन्त्री चलाउन दिनुस्, अहिले राजीनामाको कुरा नगरौं । तपाईं भने अनुसारका मन्त्रीहरु पनि फेरबदल गरौं । नियुक्तिहरु पनि त्यसै अनुसार गर्न तयार छु ।’ भेलामा सहभागी एक स्थायी कमिटीका सदस्यले प्रचण्डको भनाई उद्धिृत गर्दै समाचार दैनिकसँग भने– ‘मैले (प्रचण्ड) तपाईंले किन एकाएक वामदेब गौतमलाई प्रधानमन्त्री बनाऊ भन्नुभयो, कसरी सम्भव छ ? सबै कुरा स्थायी कमिटीमा लगौं ।

तपाईंको राजीनामा नै उत्तम विकल्प हो भन्ने अस्तिको भनाई दोहोर्याएँ ।’ पहिलेका जस्ता खस्रो कुरा नगरी प्रधानमन्त्री मुस्कुराएको सन्दर्भ औंल्याउँदै भेटमा प्रचण्डले भनेका थिए– ‘उहाँले मन्द मुस्कानमा हाँस्दै भन्नुभयो– तपाईंले एकाएक राजीनामा भन्नुभयो, त्यसको प्रतिकात्मक प्रतिक्रियामा मैले वामदेबलाई प्रधानमन्त्री भनेको हूँ । उहाँ हुने आधारै छैन । भए पनि चलाउन सक्नु हुन्न ।

यसलाई गम्भीर रुपमा नलिनुस् ।’ आज बस्ने सचिवालयबाट स्थायी कमिटी नटार्न कोटेश्वर भेलाले प्रचण्ड र नेपलालाई सुझाव दिएका थिए । भेलामा उपस्थित स्थायी कमिटीका सदस्यहरुले प्रधानमन्त्रीको राजीनामाको विकल्प नरहेकाले सचिवालयबाट स्थायी कमिटीको बैठक मिति तय गर्न दबाब दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...