ताप्लेजुङको फुङलिङ बजारमा आगलागी, ७ घर जले



हाम्रो इकोनोमि

 

ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा फेरि आगलागी भएको छ । शुक्रबार करिब १० बजेदेखि शुरु भएको आगालीबाट ११ वटा पसल रहेको ७ वटा घर जलेर पूर्ण रुपमा क्षेति भएको छ ।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार क्षतिको पूर्ण विवारण भने आउन बाँकी छ । आगलागी शुरु भएको दुई घण्टापछि राती १२ बजे आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागी हुनुको कारण अहिलेसम्म यकिन नभइसकेको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए । तर, मान्छे नभएको खाली घरबाट आगलागी शुरु भएको भन्ने छ ।

आगो पूर्ण नियन्त्रणमा लिन शनिबार बिहानसम्म पनि स्थानीय नागरिक, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी खटिएका थिए ।

आगलागीले खेम केसीको ४ तले पक्की घर पूर्णरुपमा जलेको छ भने चन्द्रप्रसाद निरौलाको पाँत तले घरको आधा भाग जलेको छ ।

जस्तापाताले छाएका नेत्र कार्की, भट्टराई बन्धुका दुई घर र टेकबहादुर लेछर्बोका घर जलेका छन् ।

यसअघि सदरमुकामको वीरेन्द्र चोक, सदरमुकामको प्रवेशद्वार तोक्मे क्षेत्र, शेर्पाटोल र टुक्रेमा आगलागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...